बाराको निजगढ नगरपालिका १० लालमा आज बिहान करिब ८ बजे खेत जोत्ने क्रममा ट्याक्टरको रोटाभेटरमा परेर एक बालकको मृत्यु भएको छ। बुद्धिलाल बोम्जनका सात वर्षीय छोरा दिपास बोम्जनको मृत्यु भएको ईलाका प्रहरी कार्यलय निजगढका प्रहरी निरीक्षक शंकर प्रसाद चौधरीले बताए।

प्रदेश २-०३-००१ त १३१३ नम्बरको ट्याक्टरमा रोटाभेटर लगाई बालक दिपासलाई आफूसँगै ट्याक्टरको सिटमा बसाएर खेत जोत्दै गर्दा अचानक तल झर्दा रोटाभेटरमा परेर उनको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनालगत्तै ट्याक्टर चालक फरार भएका छन्। प्रहरीले उनको खोजी गरिरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय