सिमरा । हिमालयन शेर्पा क्लबलाई पराजित गर्दै बिभागिय टिम एपिएफ क्लब जगदम्बा १२औं जीतपुरसिमरा गोल्डकपको सेमिफाईनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा आईतवार भएको खेलमा शेर्पालाई ३-२ ले पराजित गर्दै एपिएफले सेमिफाईनलको यात्रा तय गरेको हो ।

एपिएफको जीतमा दीपेश धिमाल, बिके तामा» र अर्मान्ड बेडमले गोल गरे । शेर्पाका लागि विश्वास श्रेष्ठ एक्लैले दुई गोल गरेका थिए ।

रोमाञ्चक खेलमा शेर्पाले आक्रामक सुरुवात गरेपनि नतिजा आफ्नो पक्षमा पार्न सकेन् । खेलको सुरुवातमै शेर्पाले वन भर्सेस वनको स्थितीमा गोल गर्ने अवसर गुमायो । शेर्पाका अजिज ओलावालेले प्रहार गरेको उक्त बल क्रसबार बाट बाहिरियो ।

सुरुवातको केही समय खेल आफ्नो पक्षमा राखेको शेर्पाले खेलको २७ औं मिनेटमा पहिलो गोल खान पुग्यो । नविन लामाको कर्नर बललाई सदुपयोग गर्दै एपिएफका दीपेश धिमालले टिमलाई अग्रता दिलाएका थिए । दीपेशको गोलसंगै आक्रामक बनेको एपिएफले खेलको ३३औं मिनेटमा दोस्रो गोल थप्यो ।

नविनको क्रस बललाई सदुपयोग गर्दै एपिएफका बिके तामाङले खेल २-० को स्थितीमा पुर्याएका थिए । खेलमा दुई गोलको अग्रता लिएपछि एपिएफले पहिलो हाफमा आफ्नो पक्षमा राखेको थियो ।

सुरुवात राम्रो गरेपनि एपिएफले अग्रता लिएपछि दवावमा देखिएको शेर्पाले खेलको ३३औं मिनेटमा गोलअन्तर घटाउने राम्रो अवसर गुमायो । शेर्पाका बिकास मेराग्लियाले र अजिज ओलावाले गोल गर्ने गुमाएका थिए । डिबक्स भित्रको बललाई उनिहरुले पोष्टको दिशा दिन सकेनन् ।

दोस्रो हाफमा दुवै टिम आक्रामक देखिए् । बिभागिय टिमको चुनौती सामना गरेको शेर्पाले खेलको ५०औं मिनेटमा गोलअन्तर घटाएको थियो । एपिएफका दीपेश घिमालले शेर्पाका बिकास मेराग्लियालाई लडाएपछि पाएको पेनाल्टीमा कप्तान विश्वास श्रेष्ठले गोल गरेका थिए ।

विश्वासको पेनाल्टीलाई एपिएफका गोलरक्षक युया कुरियामोले ठम्याउन सकेनन् । बिश्वासको आकर्षक गोलले खेलमा फर्कन खोजेको शेर्पाबिरुद्ध एपिएफले ५६औं मिनेटमा तेस्रो गोल थप्यो । प्रदीप लामाको क्रसलाई सदुपयोग गर्दै अर्माण्ड बेडमले गोल गरेका हुन् । बेडमको गोलसंगै एपिएफले खेलमा ३Ð१ को अग्रता लियो ।

पहिलो हाफको तुलनामा लयमा देखिएको शेर्पाका लागि विश्वास श्रेष्ठले खेलको ६८औं मिनेटमा आकर्षक गोल गर्दै टिमलाई खेलमा फर्काउने प्रयास गरे । डिबक्स बाहिरबाट बिश्वासले प्रहार गरेको बलले सिधै जाली चुमेको थियो । घरेलु दर्शकको समर्थन पाएको शेर्पाले गोल अन्तर घटाएपछि प्रतिस्पर्धा रोमाञ्चक बन्न पुग्यो ।

दुवै टिमले आक्रामक प्रदर्शन गरेपछि खेलको अन्तिम १० मिनेट निकै प्रतिस्पर्धात्क रहेको थियो । खेलमा फर्कने अवसर पाएको शेर्पाले केही अवसर भने चुकाएको थियो । खेलको ७१ औं मिनेटमा सत्यम शर्माको प्रहार क्रसबारमा ठोक्किनु शेर्पाका लागि दुर्भाग्य सावित भयो । लगत्तै अजिजले गरेको प्रहार एपिएफका गोलरक्षकले उत्कृष्ट बचाउ गरे ।

अन्तिम समयमा आकर्षक लयमा देखिएपनि शेर्पा फिनिसि»मा चुकेको थियो । यता एपिएफका प्रदीप लामाले खाली पोष्टमा गोल गर्ने अवसर गुमाए । शेर्पाका गोलरक्षक बिट भएको अवस्थामा प्रदीपको प्रहारले पोष्टको दिशा लिन सकेन् । प्रदीपले अन्तिम समयमा पाएको अवसर चुकाएसंगै एपिएफले ३-२ को जित निकालेर अघिल्लो यात्रा तय गरेको हो ।

एपिएफको जितमा उत्कृष्ट प्रर्दशन गरेका अर्माण्ड म्यान अफ दि म्याच घोषित भए । उनले पाँच हजार नगद हात पारे । प्रतियोगिता अन्तर्गत सोमबार आयोजक नव जनजागृति युवा क्लब र सुदूपश्चिम ११ बीच खेल हुनेछ ।

नव जनजागृति युवा क्लबको आयोजनामा जारी प्रतियोगिताको बिजेताले १० लाख र उपबिजेताले पाँच लाख प्राप्त गर्नेछ । प्रतियोगिता चैत्र १९ गतेसम्म संचालन हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय