असत्यमाथि सत्यको विजयका रुपमा मनाईने होली पर्व प्रेस चौतारी नेपाल, बाराले भव्य रुपमा होली मिलन कार्यक्रम आयोजना गरि मनाएको छ । बाराको सिमरा स्थित सिमरा पार्कमा चौतारीले संस्कृति संरक्षणका निम्ती आयोजना गरि पत्रकारहरुबीचमा होली मिलन मनाइएको हो ।
कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रिय सचिब कमल कुमार उपाध्याय, अग्रज पत्रकार गोकुल घोरसाईने, पुर्व जिल्ला प्रचारप्रसार प्रमुख मनोज पैडेल, चौतारी मधेस प्रदेशका उपाध्यक्ष अनिल तिवारी, सदस्य सपना ढकाल, शम्भु महतो, पत्रकार अबिनास आचार्य लगायतले होलीको शुभकामना आदानप्रदान गरेका थिए ।
नेकपा एमाले बाराका पुर्व जिल्ला प्रचारप्रसार प्रमुख मनोज पैडेलले सामाजिक सद्भावको पर्व भएको भन्दै एक अर्काबीचमा खुशी साँटेर बनाउनुपर्ने बताए । उनले सञ्चारकर्मीहरुको सहभागितामा नै संस्कृतिको संरक्षणका हेतुले होली मिलनको कार्यक्रम आयोजना गरी सबैलाई एक अर्काबीचमा खुशी मनाउने अवसर जुराएको भन्दै आयोजकलाई धन्यवाद दिए ।
यस्तै, अग्रज पत्रकार गोकुल घोरसाईनेले सबैले शान्तिपूर्ण रुपमा पर्व बनाउनका लागि सबैमाझ सञ्चारकर्मीहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताए । उनले पछिल्लो समय पर्वलाई उच्छृङखल तरिकाले बनाउने प्रवृति बढ्दै गएकोमा सञ्चारकर्मीहरुले कमलमार्फत त्यस्तो प्रवृति निरुत्साहित गनुपने सुझाए ।
यस्तै, प्रेस चौतारी नेपालका केन्द्रिय सचिब कमल कुमार उपाध्यायले आफुलाई कोन्द्रिय सचिब बनाउन चौतारी बाराले गरेको सहयोगका निम्ती धन्यवाद दिए । उनले मधेस प्रदेश भित्र चौतारीमा आबद्य रहेका सबैलाई एक जुट बनाउन आफु लागिपर्ने बताए ।
यसैबिच, होली मिलन कार्यक्रममा चौतारी बाराले प्रेस चौतारी नेपालको नवौं महाधिवेशनबाट सचिबमा सर्वसम्मत चयन भएका कमल कुमार उपाध्यायलाई सम्मान समेत गरेको छ । यस्तै चौतारी बाराबाट प्रेस चौतारी मघेस प्रदेशमा उपाध्यक्षमा चयन भएका अनिल तिवारी, सदस्यमा चयन भएका सपना ढकाल, भवानी सुवेदी र शम्भु महतोलाई समेत सम्मान गरेको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रेस चौतारी नेपाल, बाराका अध्यक्ष भण्डारीले बाराबाट पहिले पटक चौतारीको पदाधिकारीमा उपाध्यायलाई पाउन सफल भएकोमा खुशी व्यक्त गरे । उनले मघेस प्रदेशमा समेत उपाध्यक्ष र तिन सदस्य चयन हुनु चौतारी बारा बलियो हुदौँ गएको महसुस गरेको बताए ।
प्रेस चौतारी नेपाल, बाराका अध्यक्ष दिवाकर भण्डारीको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रिय सचिब कमल कुमार उपाध्यायको प्रमुख आतिथ्यतामा रहेको थियो । यसैगरी कार्यक्रममा बारा जिल्लाका अग्रज पत्रकार गोकुल घोरसाईने, पुर्व जिल्ला प्रचारप्रसार प्रमुख मनोज पैडेल, चौतारी मधेस प्रदेशका उपाध्यक्ष अनिल तिवारी, सदस्य सपना ढकाल, शम्भु महतो, पत्रकार अबिनास आचार्य र बारा जिल्लाका पदाधिकारी लगाएत प्रस चौतारीको सदस्यहरुको उपस्थिति रहेको थियो भने कार्यक्रमको संचालन प्रस चौतारी बाराका सह सचिब इन्दिप कोइरालाले गरेका थिए ।
प्रेस चौतारी बाराको होली मिलन कार्यक्रमका तस्बिरहरुलाई यहाँ प्रस्तुत गरेका छौ ।