नेपाली कांग्रेस बाराको शनिबार अबेर जारी मतदानमा धाँधली भएपछि स्थगित भएको छ । सभापति पदका लागि भएको मतदान धाँधली भएपछि प्रक्रिया स्थगन भएको हो ।
क्षेत्र नं. २ र ४ का प्रतिनिधिहरुको मतदान अधिकार कुण्ठित गर्दै केहिले ब्यक्तिले पतपत्र नियन्त्रणमा लिइ बन्दकोठामा एकपक्षीय भोट हालेको पाइएपछि बिवाद भएको हो ।
मतदान अधिकृत सहित सुरक्षा निकायसंगको मिलिभगतमा राजेश राय यादवको पक्षमा मतपत्र नियन्त्रणमा लिइ मतदन गरेको पाइएपछि मतदान रोकिएको कांग्रेस क्षेत्र नं. ३ का क्षेतृय सचीव राजेश भण्डारीले जानकारी दिए ।
शम्भु बुढाथोकीको जित निश्चित प्राय देखेपछि अताल्लिएका यादवले बिवाद खडा गर्दा मतदान प्रक्रिया रोकिएको उनले बताए ।
यता मेयर समेत राहेका यादव पक्षले भने आफुले जित्ने निश्चित देखिएपछि बुढाथोकी पक्षले लफडा गरेर चुनावी प्रक्रिया स्थगन गरेको बताए ।
कांग्रेस बाराको सभापति पदका लागी कलैया उपमहानगरपालिकाका मेयर यादव सहित निजगढका शम्भु बहादुर बुढाथोकी र कलैया- २४ सखुइका रामानन्द प्रसाद यादवको तृपक्षय भिडन्त भैरहेको हो ।