पूर्व–पश्चिम राजमार्गको चन्द्रनिगाहपुर सडक खण्डमा स्कारपियो र बस ठोक्किँदा नेपाली सेनामा कार्यरत एकजनाको ज्यान गएको छ । शनिबार दिउँसो पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स्कारपियो गाडी र पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बस चन्द्रपुर नगरपालिका ४ स्थित लमाहामा ठोकिएको थियो ।

सो दुर्घटनामा परेर स्कारपियोमा सवार नेपाली सेनाका हवल्दार नुवाकोट घर भएका रामबहादुर गुरुङको ज्यान गएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी लीलाराज लामिछाने जानकारी दिए ।

सोही स्कारपियोमा सवार अर्का राजकुमार थापाको अवस्था गम्भीर रहेको पनि डिएसपी लामिछानेले बताए । प्रहरीका अनुसार घटनाको थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय