नेपाली सेनाले तराई–मधेध द्रुतमार्ग (फास्ट ट्र्याक) विसं २०८१ को पुस महिनासम्ममा निर्माण सकिने दावी गरेको छ । विभिन्न प्याकेजबाट एकै पटक काम अघि बढाएर तोकिएकै समयमा निर्माण सम्पन्न गर्न आफूहरु प्रतिवद्ध रहेको आयोजनाका निर्देशक प्रविधिक सहायक रथी विकास पोखरेलले बताए ।

उनका अनुसार यो आर्थिक वर्षको अन्तिमसम्ममा आयोजनामा २१ प्रतिशत प्रगति हासिल हुनेछ र आयोजनाको सबैभन्दा कठिन सुरुङ मार्ग खन्न अब सुरू हुनेछ । त्यसका लागि डिजाइनको निर्माण सकिएको पोखरेलले बताए ।

जंगी अड्डामा आयोजित पत्रकार सम्मेलनमा पोखरेलले डिजाइन रिभ्यूको क्रममा रहेको र सुरूङ बन्दै गर्दा पुलहरुको निर्माण भने एकै साथ गरिने बताए । बजेट सुनिश्चित र अरु कुनै आकस्मिक समस्या नआए तोकिएको समयमै निर्माण सम्पन्न हुने उनको भनाई रहेको थियो ।

यस्तै फास्ट ट्र्याकको प्रवेश विन्दुको विषयमा खोकनामा भएको विवादका विषयमा भने माथिल्लो तहबाटै पहल भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय