नेकपा एमाले निकट रिटर्नी फेडेरेशन नेपालको निजगढमा भएको प्रथम बारा जिल्ला भेलाले गोकुल तिमल्सिनाको अध्यक्षतामा २१ सदस्यीय जिल्ला कमिटी गठन भएको छ ।
समितिको उपध्यक्षमा तेजनारायण चौधरी, सचिव विपिन स्याङ्गबो, सहसचिव दिपक आचार्य, दिपेन्द्र सुवेदी, कोषाध्यक्ष सपना गौतम र सदस्यहरुमा पवन श्रीवास्तब, रुपकराज शर्मा, रवि थापा, अजय साह, महमद आलम, दिपेन्द्र यादव, यज्ञप्रसाद गौतम, खिलप्रसाद फुयल, ललन यादव र सोममाया तामाङ्ग रहेका छन ।
भेलामा अध्यक्ष मण्डलका अध्यक्ष रामकृष्ण घिमिरेले जिल्ला समितिको नाम घोषणा गरेपछि सहभागीहरुले सर्वसम्मत रुपमा अनुमोदन गरेका थिए ।
यसअघि नेकपा एमाले केन्द्रीय कमिटी सदस्य एंव राष्ट्रिय युवा परिषदका उपाध्यक्ष माधव ढुङ्गेलले भेलाको उद्घाटन गरेका थिए ।
भेलामा फेडेरेशनका वरिष्ट उपाध्यक्ष उत्तम अधिकारी, नेकपा एमाले बारा जिल्ला कमिटी उपाध्यक्ष टिना सुवेदी, फेडेरेशनका केन्द्रीय उपाध्यक्ष एंव मधेस प्रदेश ईन्चार्ज रामकृष्ण घिमिरे, एमाले मधेस प्रदेश सदस्य एकबहादुर श्रेष्ठ, अम्बिका चौलागाई, नेकपा एमाले निजगढ नगर कमिटी अध्यक्ष सुरथ पुरी, एमाले जिल्ला कमिटी सदस्य दिलबहादुर लामा लगायतले भेलाको सफलताकोलागि शुभकामना मन्तव्य दिएका थिए ।
फेडेरेशनका केन्द्रीय सदस्य थानेश्वर सापकोटाको अध्यक्षतामा भएको सो कार्यक्रमको संचालन पुरुषोत्तम भट्टराईले गरेका थिए ।