स्वास्थ्यका लागि मेची महाकाली उल्टो पैदल यात्रा नाम दिँदै उल्टो पैदल मेची महाकाली यात्राको थालनी गरेका दाङका ३० वर्षीय ऋषि परियार करिब ३५० किलोमिटर पार गर्दै आज बारा जिल्लाको निजगढ आइपुगेका छन । दाङ तुलसीपुर नगरपालिका वडा नंं ३ रानागाउँका ३० वर्षीय परियारले मेची महाकाली उल्टो पैदल यात्रा नेपालको पूर्वी नाका काँकरभिट्टाबाट गत माघ १५ गतेबाट सुरु गरेका थिए ।
उनलाई निजगढको बिभिन ठाउमा स्ठानिएले फुल, माला, अबिर र खादा लगाएर स्वागत गरेका थिए । मेची महाकाली पैदल यात्री गरिरहेका पारीयारलाई मेचीमहाकाली सयुक्त बुहारी संघ बाराले समेत स्वागत गरेको थियो भने ईलाका प्रहरी कार्यालयले पारीयारलाई प्रहरी चौकीमै लगेर स्वागत गरेको थियो ।
बारा प्रबेश गरे लगतै ईलाका प्रहरी कार्यालय निजगढ र जिल्ला ट्राफिक कार्यालय बाराले उनको सुरक्षाका निम्ती प्रहरी खटाईएको ईलाका प्रहरी कार्यालय निजगढका प्रमुख प्रहरी निरीक्षक शंकरप्रसाद चौधरीले जानकारी दिए।
मेचीमहाकाली उल्टो पैदल यात्रा गर्नका लागि करीब दुई देखी तीन महिना लाग्ने परियारले बताए।
मुलुकभर कोरोना महामारीका कारण सबै जनमानस कोरोनाबाट मुक्त भई सबैले मास्क रहित हिडडुल गर्नसकौं भन्ने सन्देश लिएर परियारले उल्टो यात्राको सुरुवात गरेको उनले बताए ।
यसभन्दा पहिले पनि हातले टेकेर विश्व रेकड (गिनिज बुक)मा आफ्नो नाम लेखाएका परियारले अहिले पनि नेपाल र नेपालीका लागि स्वास्थ्यको विषयलाई उठान गर्दै मेची महाकाली उल्टो यात्राको सुरुवात गरेका हुन्।
यात्राको क्रममा हाल सम्म हरेक ठाउँमा प्रहरी, स्थानीय व्यक्तिहरूले खान र बस्न सहयोग गरिदिएको परियारले बताए र अब बाँकी रहेको यात्रामा पनि यस्तै साथ र सहयोग गरि दिनुहुन अनुरोध गरे ।