नेकपा माओवादी केन्द्रले अमेरिकी अनुदान सहयोग परियोजना एमसीसीविरुद्ध उभिएको सँगै माओवादी केन्द्रका नेता तथा कार्यकर्ता विरोध गर्दै सडक प्रदर्शनमा उत्रिएका छन् । अमेरिकी अनुदान सहयोग परियोजना (एमसीसी) को विरोधमा माओवादी केन्द्रको भ्रातृ संगठनहरुले निजगढमा विरोध प्रदर्शन गरेका हुन ।

माओवादी केन्द्रको भ्रातृ संगठन अनेरास्वक्यिू (क्रान्तिकारी), अनेम संघ (क्रान्तिकारी) तथा वाईसिएल नेपालको संयुक्त आयोजनामा आज निजगढ नगरपालिकाको सहित चोकमा विरोध प्रदर्शन भएको थियो ।

उनीहरुले सडकमा एमसीसीविरुद्ध नाराबाजी गरेका छन् । उनीहरुले ‘एमसीसी चाहिंदैन, देश बेच्न पाइँदैन’ लगायतका नारा लगाएका छन् । नो एमसीसी लेखिएका ब्यानर र प्लेकार्ड बोकेका छन् ।

शहिद चोकमा गरिएको कोण सभामालाई अनेम संघ (क्रान्तिकारी) निजगढका अध्यक्ष धनमाया तमाङले एमसीसी परियोजनाबारे राजनीतिक र नागरिक तहमा थुप्रै प्रश्न उठेकाले त्यसबारे सहमति नगरिकन संसदमा लैजानै नहुने बताए ।

यस्तै सम्बोधन गर्दै माओवादी केन्द्र निजगढका नगर अध्यक्ष सन्तोष दंगालले एमसीसी सम्झौता राष्ट्रिय हितमा नरहेकाले स्वीकार्न नहुने बताए । उनले सम्झौता पारित गर्न अमेरिकाले नेपाली नेताहरुलाई धम्की दिए पनि अमेरिकी स्वार्थ पूरा गर्न नेपाली जनता तयार नभएको बताए ।

माओवादी केन्द्रले युवा, विद्यार्थी, महिलालगायतका सबै जन वर्गीय सङ्गठनहरूलाई एमसीसीविरुद्ध सडक प्रदर्शनमा उत्रिन निर्देशन दिइसकेको छ ।

माओवादी केन्द्रले यथास्थितिमा एमसीसी पास नगर्ने बताउँदै आएको छ। बलपूर्वक रुपमा संसद्‌मा एमसीसी टेबल गरिए त्यसको विपक्षमा उभिने माओवादी केन्द्रले निर्णय गरेको छ । जबर्जस्ती एमसीसी पास गर्न खोजिए सत्ता छाड्ने समेत माओवादीले चेतावनी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय