जुम्ला । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा कर्णाली प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले १ फागुन  नेपाल र नेपालीका लागि गौरवको दिन रहेको बताएका छन् ।

तत्कालीन माओवादीको नेतृत्वमा नेपालमा जनयुद्धको सुरुवात भएको दिन १ फागुन भएकोले यसलाई सबै नेपालीको लागि गौरवको दिन रहेको उनकाे भनाइ छ ।

‘जनयुद्ध’ नेपालमा आरम्भ भएको आइतबार २७ वर्ष पुगेको स्मरण गर्दै सा‌ंसद भण्डारीले आंशिक उपलब्धि हासिल भएको दाबी गरे ।

चन्दननाथ नगरपालिका भण्डारीबाडा गाउँमा रहेको जनयुद्धका सहिदहरुको शालिकमा माल्यार्पण गरेर जनयुद्ध दिवस मनाएका  छन  ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय