सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा आज (आइतबार)बाट ई-पासपोर्ट अर्थात विद्युतीय राहदानी वितरण सुरु भएको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी बेधनिधि खनालले अनलाइनबाट आवेदन भरेका मध्ये सीता रघुलाई ई-पासपोर्ट वितरण गरेका हुन् ।

अनलाइन फारम भरेको बढीमा १५ दिनमा ई-पासपोर्ट आइसक्ने प्रमुख जिल्ला अधिकारी खनालले बताए । ई-पासपोर्ट बनिसकेका व्यक्तिको मोबाइलमा म्यासेज आएपछि प्रशासनमा लिन जान सक्नेछन् ।

सिन्धुपाल्चोकमा अनलाइनबाट आवेदन भरेका ३४ जनाको ई-पासपोर्ट बनिसकेको छ । गत ९ माघमा सिन्धुपाल्चोकमा पनि अनलाइनबाट ई–पासपोर्टका लागि फारम भर्न सकिने ब्यवस्था गरिएको थियो ।

अहिलेसम्म २०० जनाले अनलाइनबाट फारम भरेका जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका नायव सुब्बा हरिराम न्यौपानेले बताए । अनलाइनबाट भरिने ई-पासपोर्टको लागि मिति र समय पहिले नै बुक गर्नुपर्ने हुन्छ ।

मोबाइलबाट पनि फारम भर्न मिल्छ । सरकारले काठमाडौंस्थित राहदानी विभागबाट १ मंसिरदेखि ई–पासपोर्ट वितरण सुरु गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय