काठमाडौं । निर्वाचन आयोगले अगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा एक करोड ७९ लाख मतदाता रहने जनाएको छ ।
आयोगले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त जानकारी दिएको हो ।
‘२०७९ वैशाख २९ गतेलाई १८ वर्ष उमेर पुग्ने दिनलाई निर्दिष्ट मिति मान्दा एक करोड ७९ लाख मतदाता कायम हुने अनुमान छ,’ आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने ।
आयोगले यसअघि २०७४ सालमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा १ करोड ५४ लाख २७ हजार ९३८ जना मतदाता कायम गरेको थियो ।
२०७७ पुस ५ गतेसम्म आइपुग्दा देशभर मतदाताको संख्या १ करोड ६२ लाख ४३ हजार ११० जना पुगेको थियो ।
अघिल्लो स्थानीय तह निर्वाचनमा भन्दा २०७९ वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा २४ लाख ७२ हजार ६२ मतदाता थपिने अनुमान छ ।