पुष्कर खड्का, रामेछाप । प्रेस चौतारी नेपालको अध्यक्षमा नवराज श्रेष्ठ चयन भएका छन् । शनिबार सदरमुकाम मन्थलीमा प्रेस चौतारी नेपालको चौथौ जिल्ला अधिवेशनबाट श्रेष्ठ सर्वसम्मत रुपमा अध्यक्षमा चयन भएका हुन् । यसअघि चौतारीको अध्यक्षमा युनिक बिफा घिसिङ् रहेका थिए ।
अधिवेशनले उपाध्यक्षद्धयमा बिष्णु खड्का र सुमित्रा तामाङ, सचिवमा निरोज थापा, सह–सचिवमा शंकर बरुवार र दीपक तामाङ, र कोषाध्यक्षमा सिता पुरी चयन भएकी छिन् ।त्यस्तै सदस्यहरुमा सृर्जना रसाईली, सर्मिला विसुन्के,नविना दंगाल,नवराज वि.क रहेका छन् ।
प्रदेश प्रतिनिधिमा प्रकाश परिस्कार,प्रज्वल पौडेल,लेख बहादुर वि.क.,बिन्दिरा रसाईली र केन्द्रीय प्रतिनिधिमा पार्वती पाठक,शान्ता श्रेष्ठ र नीरज सापकोटा चयन भएका छन् ।
प्रेस चौतारी रामेछापका अध्यक्ष युनिक विफा घिसिङको अध्यक्षतामा भएको अधिवेशनको उद्घाटन सत्रमा कार्यक्रमका प्रमुख अतिथि प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेत र विशिष्ट अतिथि वागमती प्रदेशका पूर्व आथिक मामिला तथा योजनामन्त्री, एमालेका केन्द्रीय सदस्य एवं रामेछाप जिल्ला इन्चार्ज कैलाश प्रसाद ढुंगेल,एमाले रामेछापका अध्यक्ष आनन्द श्रेष्ठ लगायतको सहभागीता रहेको थियो ।
प्रेस चौतारी नेपाल रामेछापले पत्रकार नवराज पथिकलाई सम्मान गरेको छ । वागमती प्रदेशका पूर्व आथिक मामिला तथा योजनामन्त्री, एमालेका केन्द्रीय सदस्य एवं रामेछाप जिल्ला इन्चार्ज कैलाश प्रसाद ढुंगेलले नगद ५ हजार रुपैयाँ सहित दोसल्ला ओढाएर कदरपत्रले सम्मान गर्नुभएको हो ।