पुष्कर खड्का, रामेछाप । रामेछाप जिल्लामा सोमबार थप ४५ जना कोरोना भाइरस (कोभिड–१९) को संक्रमण मुक्त भएका छन् । यो सँगै जिल्लामा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ३ सय ३९ जना पुगेको छ ।

स्वास्थ्य कार्यालय रामेछापले दिएको जानकारी अनुसार जिल्लामा सोमबार मन्थली नगरपालिकाबाट ३, रामेछाप नगरपालिकाबाट १५, उमाकुण्ड गाउँपालिकाबाट ७, खाँडादेवी गाउँपालिकाबाट ३, गोकुलगङ्गा गाउँपालिकाबाट २, दोरम्बा सैलुङ गाउँपालिकाबाट १, लिखुतमाकोसी गाउँपालिकाबाट ९ र सुनापति गाउँपालिकाबाट ५ जना गरी ४५ जना कोरोना सङ्क्रमणमुक्त भएको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय