जनकपुरधाम । धनुषाको इनर्वा स्टेशनमा राखिएको नेपाली रेल आगामी फाुन १ गतेदेखि गुडाइने भएको छ । तर तत्काल यात्रा गर्न भने पाइने छैन ।

नेपाल रेल्वे कम्पनीका अनुसार फागुन १ गतेदेखि दैनिक एक पटक रेल गुडाइने छ । जयनगरबाट कुर्था र कुर्थाबाट जयनगरसम्म दैनिक रेल गुडाइने कम्पनीका महाप्रबन्धक निरन्जन झाले बताए । ‘हामी १ गतेदेखि नियमित दैनिक एक पटक रेल गुडाउन लागेका छौं,’ महाप्रबन्धक झाले भने, ‘रेलको कन्डिसन बुझ्न र बाटो क्लियर गराउनका लागि दिनमा एक पटक गुडाउन लागिएको हो ।’

रेल सञ्चालनमा आएपनि यात्रुलाई चढाउने योजना भने छैन । ‘रेलको अवस्था बुझ्न र रेलको ट्रयक क्लियर गराउनका लागि चलाउन लागेका हौं’ उनले भने ।

झाका अनुसार रेल्वे ट्रयाक धेरै ठाउँमा अतिक्रमणमा परेको छ, जसलाई हटाउन प्रशासनसँग समन्वय गरिने छ । २ असोज, २०७७ मा नेपाल ल्याइएको रेल इनर्वा स्टेशनमा राखिएको छ । यो रेललाई यसअघि २४ पुसमा पनि गुडाइएको थियो ।

फागुनको सुरुवाती दुई साता दिनमा एक पटक सञ्चालन गरेपछि रेल्वे सेवाको उद्घाटन गर्ने तयारी छ । । नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रुपमा रेलको उद्घाटन गर्ने भन्दै उनले उद्घाटनको मिति अहिले तय भइनसकेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय