स्वास्थ्यका लागि मेची महाकाली नाम दिँदै उल्टो पैदल मेची महाकाली यात्राको थालनी गरेका दाङका ३० वर्षीय ऋषि परियार करिब ११८ किलोमिटर पार गर्दै आज सुनसरी जिल्लाको लौकही आइपुगेका छन ।  दाङ तुलसीपुर नगरपालिका वडा नंं ३ रानागाउँका ३० वर्षीय परियारले मेची महाकाली उल्टो पैदल यात्रा नेपालको पूर्वी नाका काँकरभिट्टाबाट गत माघ १५ गतेबाट सुरु गरेका थिए ।

मेचीमहाकाली उल्टो पैदल यात्रा गर्नका लागि करीब दुई महिना लाग्ने परियारले बताए।

मुलुकभर कोरोना महामारीका कारण सबै जनमानस कोरोनाबाट मुक्त भई सबैले मास्क रहित हिडडुल गर्नसकौं भन्ने सन्देश लिएर परियारले उल्टो यात्राको सुरुवात गरेको बताइएको छ ।

यसभन्दा पहिले पनि हातले टेकेर विश्व रेकड (गिनिज बुक)मा आफ्नो नाम लेखाएका परियारले अहिले पनि नेपाल र नेपालीका लागि स्वास्थ्यको विषयलाई उठान गर्दै मेची महाकाली उल्टो यात्राको सुरुवात गरेका हुन्।

यात्राको क्रममा हाल सम्म हरेक ठाउँमा स्थानीय व्यक्तिहरूले खान र बस्न सहयोग गरिदिएको परियारले बताए र अब बाँकी रहेको यात्रामा पनि यस्तै साथ र सहयोग गरि दिनुहुन अनुरोध गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय