नारायणी अस्पतालमा उपचाररत कोरोना भाइरस संक्रमित निजगढका एकजना युवकको मृत्यु भएको छ । मृत्युहुनेमा निजगढ नगरपालिका वडा नम्बर ५ बागदेव निवासी २२ वर्षीय युवक रहेका छन् ।

भेन्टिलेटर सपोर्टका लागि माघ १० गते आइतवारका दिन वीरगन्जको एउटा निजी अस्पतालबाट नारायणीमा पठाइएका युवकको मंगलबार दिउँसो मृत्यु भएको अस्पतालले जनाएको छ ।

नारायणी अस्पतालका कोभिड संयोजक डा. उदय नारायण सिंहका अनुसार माघ १० गते संक्रमण पुष्टि भएका युवकले कोरोना विरद्धको कुनैपनि भ्याक्सिन लगाएका थिएनन् । गम्भीर किसिमको कोभिड निमोनियाबाट संक्रमित युवकलाई कमजोरी र मांसपेसी सम्बन्धि रोग पहिलादेखि नै लागेको डा. सिंहले बताए ।

‘युवकलाई अस्पताल ल्याउँदा उनको अवस्था चिन्ताजनक थियो । हामीले भेन्टिलेटरमा राखेर उपचारपनि सुरु गर्यौं तर अवस्था बिग्रिसकेकाले उनको ज्यान जोगाउन भने सकिएन ।’ डा. सिंहले भने ।

युवकको मृत्युसँगै तेस्रो लहरको कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या वीरगन्जमा ८ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय