
पुष्कर खड्का, रामेछाप । रामेछापको सुनापति गाउँपालिकाले तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । तामाङ समुदायको विशेष पर्व ‘सोनाम ल्होसार’को अवसरमा पालिकाले बिदा दिने भएको हो ।
गाउपलिकले एक सूचना जारी गर्दै २८५८ औं (च्यानल्हो) ‘सोनाम ल्होसार’को अवसरमा मंगलबार १८ गतेदेखि २० गते बिहिबारसम्म सार्वजनिक बिदा दिने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत कमलराज श्रेष्ठले जानकारी दिए ।



यो वर्षको सोनाम ल्होसार पर्व माघ १९ गते परेको छ । पालिकाले पर्वलाई कोरोना महामारीलाई मध्यनजर राखि स्वास्थ्य सम्बन्धि मापदण्डहरुलाई पालना गर्दै मनाउन समेत आग्रह गरेको छ। विदाका दिन गाउँपालिका अन्तर्गतका सम्पूर्ण सरकारी कार्यालय, संघसंस्था, शैक्षिक संस्था, विभिन्न संघसंस्थाहरु र पालिकाभित्रका बैंक तथा बित्तिय संस्थाहरु बन्द हुनेछन् ।