
समयमै स्थानीय तहको निर्वाचन हुनुपर्ने माग गर्दै बारको निजगढमा राष्टिय युवा संघ नेपाल निजगढ नगर कमिटिले मशाल जुलुस प्रदर्शन गरेको छ । संघले सरकारलाई दबाब दिँदै निजगढ स्थित शहीद चोकमा मशाल जुलुस प्रदर्शन गरेको हो ।
पुर्वपश्चिम लोकमार्गस्थित लायन्स चोकबाट शुरु भएको जुलुशले सरकार विरुद्ध नारा बाजी गर्दै प्रदर्शन शहिद चोक परिक्रमा गरी कोण सभामा परिणत भएको थियो ।



शहिद चोक परिक्रमा गरि कोण सभामा परिणत भएको उक्त जुलुसलाई राष्ट्रिय युवा संघ नेपाल निजगढका अध्यक्ष माधव न्यौपानेले सम्बोधन गरेका छन् । सम्बोधनमा न्यौपानेले वर्तमान सरकारले समयमै स्थानीय तहको निर्वाचन घोषणा नगरेर जनतामाथि अन्याय गरिरहेको आरोप लगाए । न्यौपानेले पाँच दलको सरकारले विभिन्न प्रपञ्च रचेर स्थानीय चुनाव नगराउन खोजिरहेको प्रति सचेत रहन समेत जनतालाई आग्रह गरे ।
कोण सभालाई राष्टिय युवा संघ नेपालका केन्द्रिय सदस्य इराज कोइराला, तिलक घलन, भावना आचार्य लगाएतले सम्बोधन गरेका थिए ।
संघले सरकारले स्थानीय तहको निर्वाचन घोषणा नगरे कडा आन्दोलन गरिने चेतावनीसमेत दिएका छन् ।
मशाल जुलुसमा एमालेका स्थानीय नेताहरुमा पनि सहभागी भएका थिए ।