राजस्व छलीको मुद्दामा उच्च अदालत पाटनले अदालतले तोकेको धरौटी बुझाउन नसकेर थुनामा परेका बाराका उमाशंकर रायभार आज रिहा भएका छ्न ।
सर्वोच्च अदालतले रायभारलाई २५ हजार रुपैयाँ धरौटीमा छाड्न शुक्रबार आदेश दिएको थियो । आइतबार पाटन उच्च अदालतमा धरौटी रकम बुझाएर उनी रिहा भएका हुन ।
यसअघि २०७७ फागुन १७ गते उच्च अदालतले उनिसँग ७५ लाख रुपैयाँ धरौटी मागेको थियो, सो रकम तिर्न सकेपछि उनी नख्खु कारागार चलान भएका थिए ।
रायभारमाथि २८ करोड रुपैयाँ राजस्व छली गरेको आरोप छ । तर रायभारले भने आफ्नो नागरिकता दुरुपयोग गरेर सरोजकुमार मिश्रले राजस्व छली गरेको बताउँदै आएका छन ।