धनगढी । चार वर्षीया बालिका बलात्कार आरोपमा कैलाली प्रहरीले एक किशोरलाई पक्राउ गरेको छ।

मोहन्याल गाउँपालिका वडा नम्बर ७ का १४ वर्षका किशोरलाई शनिबार प्रहरीले पक्राउ गरेको हो।

बालिकाको आफन्तले दिएको जाहेरीका आधारमा ती किशोरलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

बालिका र किशोरको स्वास्थ्य परीक्षणसमेत गरिसकिएको प्रहरीले जनाएको छ।

कैलालीका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीका अनुसार बालिकालाई आफन्तको जिम्मा लगाइएको छ भने किशोरमाथि थप अनुसन्धान भइरहेको छ।

शुक्रबार बालिकामाथि बलात्कार भएको जाहेरीमा उल्लेख छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय