लायन्स क्लब अफ इन्टरनेस्नल ३२५ ए २ रि डिस्ट्रिक ३२५ एच डिस्ट्रिकमा गभर्नरका लागि दिनेस क्षेष्ठ एकल उम्मेदवार रहेका छन तर लायन्सको बिधान अनुसार गभर्नर नियुक्त हुन क्षेष्ठले ५१ प्रतिशत एस भोट भने ल्याउनु पर्ने हुन्छ । उनले सो एस भोट प्राप्त नगरेमा बिधान अनुरुप पुनः गभर्नरका निम्ती निर्वाचन प्रक्रिया अघि बड्नेछ ।

यस्तै फस्ट भाईस गभर्नरका निम्ती निजगढका बिनोद कुमार भारती र काठमाडौंका सम्भु बहादुर थापा बिच प्रतिस्पर्दा हुने भएको छ । त्यसैगरी सेकेन्ड भाईस गभर्नरमा डा. राम सरण थपलिया र बिमल हाडा बिच निवार्चन हुने भएको छ ।

यस निर्वाचनमा फस्ट भाईस गभर्नर र सेकेन्ड भाईस गभर्नरले मतका आधारमा बिजयी हुनेछन ।

यसैगरी फस्ट भाईस गभर्नर बिजयी भएका व्यक्ती अर्को कार्यकालका निम्ती गभर्नर र सेकेन्ड भाईस गभर्नर बिजयी भएका व्यक्तीफस्ट भाईस गभर्नरको एस भोटका निम्ती सोत चयन हुने छन ।

लायन्स क्लब अफ इन्टरनेस्नल ३२५ ए २ बाट नयाँ डिस्ट्रिक ३२५ एच डिस्ट्रिक बनेका कारण यो पटक सबै पदका निम्ती निर्वाचन भएको हो भने त्यसपछ्यातका कार्यकालका निम्ती केबल सेकेन्ड भाईस गभर्नरका निम्ती मात्र प्रतिस्प्रधा हुने लायन्सको बिधानमा उलेख्ख गरिएको छ ।

भारती र थपलिया बिजयहुने आकंलन

फस्ट भाईस गभर्नरका उम्मेदबार निजगढका बिनोद कुमार भारती निकै शालिन र मिलनसार मानिन्छ । उनी निजगढमा स्थापना भएको लायन्स क्लब अफ निजगढका चाटर मेम्बर हुन । करिब २३ वर्षीय लायन्स यात्रामा उनी लायन्स क्लब अफ निजगढका चाटर मेम्बर हुदै सोही क्लबका अध्यक्ष हुदै जोन चियर पर्सन, रिजन चियर पर्सन, एरिया कोर्डिनेटर हुदै डिस्ट्रिकका बिभिन्न तहमा बसेर कार्य गर्दै आएका छन ।

हाल यस डिस्ट्रिकको मातहतमा पर्ने क्लबहरुमा भारतीको राम्रै पकट र सहकार्य रहेको बताईएको छ । भारतीको बिजयीले यस क्षेत्रमा रहेको क्लबहरुको निम्ती समेत निकै पाईदाजनक हुने देखिएको छ । लामो समयपश्यात् तराईबाट नेत्रीत्वमा केही आउन नसकेको बेलामा भारतीले दिएको उम्मेदवरीलाई यस क्षेत्रका क्लबहरुले निकै प्रशंसा गरेका छन भने तराई बाहेक यस डिस्ट्रिकको मातहतमा पर्ने भक्तपुर, काठमाडौं, सिन्धुलि लगाएतका क्लबहरुले समेत उनलाई बिजय बनाउन अभियाननै संचालन गरेका छन ।

लायन्समा मात्र होईन भारतीको व्यक्तीगत आचरण तथा सहयोगी भाबनाका कारण उनी सधै चर्चामा रहने गरेका छन । तराई तथा देश भर उनले असहाय तथा गरिबलाई सहयोग गदै आएका छन ।

यस्तै सेकेन्ड भाईस गभर्नरमा डा. राम सरण थपलिया ठमेल बिकास परिषद्मा दुई पटक अध्यक्षको भुमिका निर्बाह गरिसकेका छन भने उघोग बिणिज्य महासंघको केन्द्रिय सदस्यमा समेत निवार्चित भएका थिए । उनी लयान्समा बिभिन्न भुमिकामा रहेर काम गदै क्याबिनेट ट्रेजर समेत भईसकेका थपलियाको काठमाडौंका निकै बलिया लायन्स क्याडर हुन ।

यसपटक पहाडबाट सेकेन्ड भाईस गभर्नरको उम्मेदवारका रुपमा डा. राम सरण थपलिया र बिनोद कुमार भारती तराईबाट फस्ट भाईस गभर्नरका उम्मेदबारहुदाँ यस मिलनलाई तराई तथा पहाडको मिश्रण भएको भन्दै निकै चर्चा समेत पाएका छन जसकारण उनीहरुको बिजयी सुनिश्चित रहेको लायन्सका व्यक्तीहरुको दाबि रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय