Black and white of Drowning victims Hand of drowning man needing help. Failure and rescue concept.

मंगलबार बिहान रूपन्देहीको देवदहमा मृत फेला परेका महिला र बालिकाको पहिचान नखुल्दै बुधबार साँझ तिनाउ नदीमा अर्को एक महिलाको बेवारिसे शव फेला परेको छ।

रूपन्देहीसँग जोडिएको पाल्पाको तिनाउ गाउँपालिकामा वडा नम्बर ३ स्थित विद्युत गृहको ड्यामनजिक तिनाउ नदीबीचमा अन्दाजी ६०/६५ वर्षकी महिला मृत फेला परेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता लक्ष्मण पचभैयाका अनुसार नदीभित्र घोप्टो परेको अवस्थामा फेला परेको महिलाको शवको पहिचान खुलेको छैन।

पानीभित्र शव देखेपछि स्थानीयले खबर गरेको र पाल्पा प्रहरीले घटनास्थलमा पुगेर घटनाको थप अनुसन्धान सुरू गरेको जनाएको छ।

बुधबार नै रूपन्देहीको सैनामैनामा पनि एक पुरूष मृत फेला परेका थिए। उनको पनि पहिचान नखुलेको प्रहरीले जनाएको छ।

यता देवदह घोडाह जंगलमा मंगलबार फेला परेका महिला र बालिकाको शवको अहिलेसम्म पहिचान हुन सकेको छैन।

देवदह नगरपालिका वडा नं. ९ घोडाहास्थित पूर्व-पश्चिम राजमार्गको दक्षिण तर्फको जंगलमा अन्दाजी ३४/३५ वर्षकी महिला र ६/७ वर्षकी बालिकाको शव फेला परेको थियो।

तराई मूलको जस्तो देखिने महिला र बालिका दुबै जनाको शवको पहिचान हुन नसकेपछि लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको र आफ्नो नजिकका कोही महिला तथा बालिका हराएको जानकारी भए सम्पर्क गर्न ईलाका प्रहरी कार्यालय बुटवलले आग्रह गरेको छ।

पछिल्लो समय बुटवल आसपासका क्षेत्रमा दैनिकजसो मानिसहरूको शव फेला पर्ने गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय