गठबन्धन बनाएर राष्ट्रिय सभा निर्वाचनमा जाँदा राष्ट्रिय जनमोर्चालाई फाइदा भएको छ।

सत्तारूढ गठबन्धनले १९ पद भागबन्डा गरेर उम्मेदवार उठाउँदा लुम्बिनीबाट तुलप्रसाद विश्वकर्मा उम्मेदवार बनेका थिए।

लुम्बिनीमा जनमोर्चाका एक प्रदेश सभा सांसद र पालिकाबाट चार जना मतदाता थिए।

आज भएको निर्वाचनबाट रूपन्देहीका तुलप्रसाद राष्ट्रिय सभा सदस्य निर्वाचित भएका हुन्। उनी दलिततर्फ उम्मेदवार थिए।

१९ पदमध्ये जनमोर्चाले एक पदमा उम्मेदवार उठाएको थियो।

जनमोर्चाबाट प्रतिनिधि सभामा एक जना सांसद छिन्। उपाध्यक्ष दुर्गा पौडेल प्रतिनिधि सभा सांसद छिन्।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय