काठमाडौं– नेपाल सरकारले कोरोना माहामारीबाट बच्न देशका नागरिकलाई निःशुल्क खोप सेवा दिईरहेको छ ।
देशका बिभिन्न स्वास्थ्य चौकी तथा अस्पताल मध्ये एक काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु अस्पताल) अगाडी कोरोना बिरुद्धको खोप लिने नागरिक दिनदहाडै ठगिएका छन् ।
कोरोना बिरुद्धको खोप लिन टेकु अस्पताल पुग्ने नागरिकलाई स्वास्थ्य मन्त्रालयले बिधिुतिय अभिलेख विवरण फर्म भर्नका भर्न अनिवार्य गरेको छ ।
फर्म बारे जानकारी नभएका नागरिक अस्पताल अगाडी बिना अनुमती खोलिएका साईबर क्याफेहरुबाट ठगिएका छन् ।
दुई मिनेट पनि नलाग्ने अनलाईन फर्म भर्नका लागि अनुमति बिना खुलेका साईबर क्याफेहरुले मनोमानी रुपमा १ सय रुपैया लिईरहेका छन् ।
निःशुल्क खोप लगाउन अस्पताल पुग्ने सामान्य वर्गका नागरिकसंग यसरी मनोमानी रकम उठाईदा समेत सम्बन्धीत निकायको आँखा पुगेको देखिदैन ।
अस्पतालका कर्मचारी तथा स्वास्थ्यकर्मीहरुले समेत बाहिरको साईबर क्याफेबाट फर्म भरेर आउन भनेपछी आम नागरिक ठगिन बाध्य भएका हुन् ।
चिया पसलदेखी खाजा पसल समेतमा खुलेका यस्ता बिना अनुमतिका साईबर क्याफेहरुले फर्म भर्न १ सय रुपैया तथा आफैले फर्म भरेर आएकाहरुको प्रिन्ट गर्न २० देखि ५० रुपैया सम्म लिनेगरेको सेवाग्राहीले बताएका छन् ।
सामान्यतया १ प्रति कागजात प्रिन्ट गर्न ३ देखि ५ रुपैयासम्म लाग्ने स्थानमा खुल्लमखुल्ला रुपमा २० रुपैया लिने गरिएको छ ।