विद्युत सर्ट भई आगलागी हुँदा बाराको निजगढ नगरपालिका ३ पिपलटारमा ९ लाखभन्दा बढीको क्षति भएको छ ।

निजगढ नगरपालिका वडा नम्बर ३ पिपलटारस्थित जगद बहादुर बुलनको घरमा आईतवार दिउसो बिद्युत सट भई आगलागी भएको ईलाका प्रहरी कार्यालय निजगढका प्रमुख तथा प्रहरी निरीक्षक शंकरप्रसाद चौधरीले जानकारी दिए ।

आगलागीबाट २ तले कठको घर पूर्ण रुपमा क्षति हुँदा घरमा रहेको लत्ताकपडा, धातुका भाँडाकुँडा र गरगहना जलेर नष्ट हुँदा नौ लाखभन्दा बढीको नोक्सान भएको जिल्ला प्रहरी कार्यालय निजगढले जनाएको हो ।

घटनामा मानवीय क्षति भने नभएको र करीब २ बजे बाट सुरु भएको आगोलागीलाई नेपाल प्रहरी, स्थानिए साथै निजगढ नगरपालिकाको वारुणयन्त्र (दमकल) को सहयोगमा ३:३० बजे आगलागी नियन्त्रण गर्न सफल भएको ईलाका प्रहरी कार्यालय निजगढका प्रमुख तथा प्रहरी निरीक्षक चौधरीलेले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय