नेपाली कांग्रेस बाराको क्षेत्रीय अधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवा समुहको वर्चश्व देखिएको छ । क्षेत्रीय समिति र महाधिवेशन प्रतिनिधि चयनका लागि भएको मतदानको नतिजाले जिल्लामा देउवा समुह बलियो देखिएको हो ।

यि हुन महाधिवेशन प्रतिनिधि:

क्षेत्र नं. ४ः शोभा लामा, श्यामबाबु गुप्ता, ओमकृष्ण कार्की, मधु शाही ठकुरी, कपिलदेव प्रसाद यादव, जगदिश साह कानु, जयनारायण प्रसाद यादव, दीपेन्द्र महतो कुशवाहा, मदन प्रसाद यादव, महेन्द्र प्रसाद गुप्ता, संजय कुमार साह, राजन प्रसाद खरेल, सुनैनादेवी कलवार, ईन्द्रासन प्रसाद मण्डल, राधादेवी साह, जासोदेवी यादव, धरोहरी देवी यादव, सुरेन्द्रप्रसाद गुप्ता, जयनारायण प्रसाद कुर्मी, योगेन्द्र हजरा, अफरोज आलम अंसारी, रामबहादुर अधिकारी, नगिना कुमारी, संगितादेवी कोईरी, धिरेन्द्रकुमार सिंह

क्षेत्र नं. ३ः राजेश राय यादव, राजेन्द्रकुमार जयसवाल, चन्देश्वर दुवे, नवराजबहादुर खड्का, तेजनारायणप्रसाद कलवार, शरदचन्द्र भट्टराई, जटाशंकर सहनी, सुर्यजितकुमार सिंह, तारा घिमिरे, चित्रकला मैनाली, विन्दुकुमारी नेपाल, बिमला नेपाल, रन्जन भट्टराई, श्यामबहादुर मगर, दुर्गाप्रसाद, बजरंगी प्रसाद साह, कान्तीकुमारी देवी, कलावती देवी पासवान, कुन्ती कुमारी, लालबाबु राय चौधरी, महम्मद अतिउर रहमान, तबस्सुम आरा अंसारी, बलराम सिंह, मनोज भट्ट, रामानन्द यादव

पूर्वसभासद पराजुली र जिल्ला सभापति महाधिवेशन प्रतिनिधिमा पराजित

पूर्वसभासद एवम् नेपाली कांग्रेसका नेता शोभाकर पराजुली बारा क्षेत्र नं. ४ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधि चयनका लागि भएको निर्वाचनमा पराजित भएका छन् ।

मतदान प्रक्रियामा स्वतन्त्र उम्मेदवारी दिएका पराजुली ७२ भोट ल्याएर पराजित भएका हुन् । देउवा र पौडेल समुहले छुट्टाछुट्टै प्यानल बनाएर चुनाव लडिरहदा पराजुलीले भने स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

यसैगरी पौडेल समुहको नेतृत्व गर्दै चुनाव लडेका अर्का पूर्वसभासद लालबाबु सिंह पनि पराजित भएका छन् । केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवार बनेका सिंह पराजित भएका हुन् ।

क्षेत्र नं. ३ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधिका उम्मेदवार बनेका कांग्रेस जिल्ला सभापति जयचन्द्र चौरसिया पराजित भएका छन् । देउवा समुहका चौरसिया र राजकुमार सेढाईलाई पराजित गर्दै पौडेल समुहका मनोज भट्ट र रामानन्द यादव विजयी भएका हुन् ।

क्षेत्र नं. १ क का प्रदेशका सभासदका प्रत्यासी लामा महाधिवेशन प्रतिनिधिमा पराजित

प्रदेश सभासदका प्रत्यासी निजगढका नेता पेमा सिद्धी लामा बारा क्षेत्र नं. १ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधि चयनका लागि भएको निर्वाचनमा पराजित भएका छन् ।

मतदान प्रक्रियामा सिटौला समुहबाट उम्मेदवारी दिएका लामाले ३०५ भोट ल्याएर पराजित भएका हुन् । देउवा समुह र सिटौलापौडेल समुहले छुट्टाछुट्टै प्यानल बनाएर चुनाव भएको थियो ।

यसैगरी महाअधिवेश प्रतिनिधीमा क्षेत्र नम्बर १ बाट उपेन्द्र जसवाल, रामनरेशकान्त कुसवाहा, चन्द्रशेखर यादव, शैलन्द्र फौजदार, सिकेन्द्र पासवान, रामकान्त साह, यमुना गुप्ता, कृष्ण बहादुर लो, भाईकाजी श्रेष्ठ, पदम बहादुर भण्डारी, बिष्णु खडका, शम्भु बहादुर बुढाथोकी, राजेन्द्र प्रसाद ढोडारी, अमिर लामा मोक्तान, पुनम देवी यादव, राजमति देवी, कोसिला कुमारी चौधरी, रहमान मिया अंसारी, बिक्रमराज लामबुन बढई, रामकुमारी गोले, सिता मैनाली, सुगानधी देवी धानुक मण्डल बिजयी भएको नव निर्वाचित क्षेत्रिय सभापति यादवले बताए ।

क्षेत्र नं २ क्षेत्रीय सभापतिमा रामप्रबेश यादव

त्यस्तै क्षेत्र नं २ मा क्षेत्रीय सभापतिमा रामप्रबेश यादवले ६३ मत बढी प्राप्त गरि महागढीमाई नगरपालिकाको नगरप्रमुख उपेन्द्र यादवलाई पराजित गरेका छ्न । उनले कुल ३ सय ७६ मत प्राप्त गरेको थियो भने नगरप्रमुख यादवले ३ सय १३ मत प्राप्त गरि पराजित भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय