
विराटनगर । नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले सरकारले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पास गर्नका लागि संसद बोलाएको बताएका छन् । अमेरिकामा मंसिर २७ गते एमसीसी कार्यान्यन समितिको बैठक बस्ने जानकारी आएको बताउँदै उनले एमसीसी पास गर्नका लागि सदन बोलाइएको आशंका व्यक्त गरे ।
विराटनगरमा आयोजित आमसभालाई सम्बोधन गर्दै उनले भने, ‘एमसीसी सम्झौता राष्ट्रियताको विरुद्ध छ, यसलाई पास गर्न हुँदैन् । तर सरकार टिकाउन पास गर्न खोजिँदैछ ।’



एमसीसी पास गर्ने कि नगर्ने भन्ने विषयमा अमेरिकामा छलफल चलिरहेको भन्दै उनले संसद बैठक बोलाएर प्रधानमन्त्रीले पनि एमसीसीलाई जवरजस्ती पास गराउने तयारी गरिरहेको बताए ।