बाराको पचरौता नगरपालिकामा २२ वर्षीया एक महिला कर्मचारीमाथि पालिकाकै कर्मचारीले बलात्कार प्रयास गरेको भन्दै उजुरी परेको छ । पचरौता नगरपालिकाको बेनौली गाउँस्थित रहेको सुनसान पालिका कार्यालयभित्रै गत बिहीबार यस्तो प्रयास भएको खुलेको छ ।

प्रहरीका अनुसार कार्यालयका कार्यालय सहयोगी ३२ वर्षीय संजय पासवानले बलात्कार प्रयास गरेका हुन् । महिला हिंसाविरुद्धको १५ दिने अभियान सुरु भएकै दिन सरकारी कार्यालयबाट यस्तो घटना भएको हो ।

पासवान विरुद्ध जिल्ला प्रहरी कार्यालयमा पीडितले किटानी जाहेरी दिएकी छन् । पालिका कार्यालय नजिकै कोठा लिएर बस्दैआएकी ती महिला ‘डकुमेन्ट’ लिन पालिकामा आफैँ बस्ने कोठामा जाँदा यस्तो घटना भएको बताएकी छन् । साथै घटनालाई सामसुम गर्न जनप्रतिनिधिहरूले विचौलियाको रुपमा आर्थिक लेनदेन गरी विवाद मिलाउन दबाब दिएको पीडित पक्षले बताएका छन् ।

घटनाबारे अनुसन्धान भइरहेको र घटना अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउँने प्रहरी नायब उपरीक्षक राजेश थापाले बताए ।

दबाबका कारण पीडित पक्षले यो घटना केही समय पछि प्रहरीमा जानकारी गराएका थिए भने बलात्कार प्रयास गरेका पासवान सोही दिनबाट फरार रहेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय