चितवनमा सम्पन्न १०औं महाधिशनमा उपाध्यक्षमा घनश्याम भुसाललाई फराकिलो मतान्तरले पराजित गर्दै अन्य ६ जना आगामी पाँच वर्षका लागि उपाध्यक्षमा निर्वाचित बनेका हुन् ।

एमाले निर्वाचन आयोगका सदस्य सानुराजा पोखरेलले दिएको जानकारी अनुसार उपाध्यक्ष पदमा सुवास नेम्बाङले १८६५ मत, विष्णु पौडेलले १८५६ मत, रामबहादुर थापा बादल १७६८ मत, अष्टलक्ष्मी श्रेष्ठले १९७६, सुरेन्द्र पाण्डेले १९२५ मत, युवराज ज्ञवालीले १८४२ मत प्राप्त गरेर विजयी भएका हुन् ।

अध्यक्ष केपी शर्मा ओलीको सूचीमा नपरेका घनश्याम भुसालले ७२५ मत पाएका छन् ।

एमालेमा सर्वसम्मति प्रयास असफल भएपछि चुनाव भएको थियो । निर्वाचन आयोगले केही बेरमा मतपरिणामको आधिकारिक घोषणा गर्दैछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय