नेकपा एमाले जारी दशौं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान जारी रहेको छ। मंगलबार बिहान ४ बजेदेखि मतदान सुरू भएको हो।

अध्यक्षमा केपी शर्मा ओली र भीम रावलबीच प्रतिस्पर्धा भएको छ भने उपाध्यक्ष खुलातर्फ ६ पदका लागि ७ जनाले उम्मेदवारी दिएका छन्। त्यसैगरी सचिवमा पनि सात जनाको पदमा नौ जनाको उम्मेदवारी परेको छ।

पदाधिकारीतर्फ अध्यक्षमा केपी शर्मा ओली र भीम रावलको उम्मेदवारी परेको छ। त्यस्तै उपाध्यक्षमा अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, युवराज ज्ञवाली, रामबहादुर थापा मगर, विष्णुप्रसाद पौडेल, सुरेन्द्र पाण्डे र सुवास नेम्वाङको उम्मेदवारी परेको छ।

सचिवतर्फ भने गोकर्ण विष्ट, छविलाल विश्वकर्मा, टंकप्रसाद कार्की, टोपबहादुर रायमाझी, पद्मा कुमारी अर्याल, भीम प्रसाद आचार्य, योगेश भट्टराई, रघुवीर महासेठ र लेखराज भट्टको उम्मेदवारी परेको छ।

मतदान केन्द्रमा पुगेर अध्यक्षका प्रत्यासीद्वय केपी शर्मा ओली, भीम रावल, विष्णु पौडेल, प्रदीप ज्ञवाली, शेरबहादुर तामाङ्गलगायतका शिर्ष नेताले मतदान गरिसकेका छन्।

प्रविधिमैत्रीमा जोड दिदै एमालेले १० औं ‍ महाधिवेशनमा विद्युतीय भोटिङ मेसिङमार्फत मतदानको व्यवस्था मिलाएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय