बाराको निजगढमा आजबाट चलचित्र निर्माण आधारभूत प्रशिक्षण (क्र्यास कोर्स) कार्यक्रम शुरु भएको छ । चलचित्र निर्माण सम्बन्धि आधारभूत प्रशिक्षण दिनका लागि नेपाल चलचित्र निर्देशक समाजको आयोजनामा शुरु भएको हो ।
प्रशिक्षणमा प्रदेश नम्बर २ का विभिन्न जिल्ला लगायत चितवन र नवलपरासी जिल्लाका ३३ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको छ ।
कार्यक्रममा अभिनेता निखिल उप्रेतीले अभिनय प्रशिक्षण दिने भएका छन् । १ मंसिरदेखि ७ गतेसम्म बाराको निजगढमा आयोजना हुने ‘चलचित्र निर्माण आधारभूत प्रशिक्षण (क्र्यास कोर्स) कार्यक्रम’ उप्रेतीले अभिनय प्रशिक्षण दिए भएका हुन् ।
चलचित्र निर्देशक समाजको संयोजन रहेको कार्यक्रममा निखिलको अलवा अभिनेता अनुप बरालले समेत अभिनय सिकाउने छन् । चलचित्र विकास बोर्डको आयोजना र चलचित्र तथा लोक संचार प्रबद्र्धन बोर्डको सह–आयोजना रहेको कार्यक्रम सर्वसाधारणलाई फिल्मप्रति आकर्षण गर्ने उदेश्यले आयोजना भएको हो ।
तालिममा चलचित्र लेखन, निर्देशन तथा छायाङ्क जस्ता विषयमा सहभागीहरुलाई जानकारी गराइने आयोजक तथा चलचित्र विकास बोर्डका संथापक अध्यक्ष युवराज लामाले जानकारी दिए ।
यस्तै देश, समाजलाई बदल्न बन्द कोठामा चालबाजी गर्न भूमिका निर्वाह गर्ने राजनीतिक कर्मीहरुलाई र चलचित्र नबुझी नकारात्मक टिका टिप्पणी गर्ने पात्रहरुलाई अब, चलचित्र कर्म, सिनेमा कर्मले सकारात्मक तालिम दिईनु पर्ने बेला आई सकेको चलचित्र बोर्डका अध्यक्ष अध्यक्ष दयाराम दाहालले बताए ।
नेपाली चलचित्र विधासंगै यस कर्ममा लाग्नेहरुको हक, अधिकार, लगानी सुरक्षित गर्न सरकारले अझै नसकेको गुनासो गर्नुहुदै राजनीतिकले नाट्य कलालाई विभेद गरेको आरोप लगाउनु हुदै योपञ्चम वेद भएको बताए । पठ्य पुस्तकहरुमा समेट्न पनि यस चलचित्र विधा सम्बन्धि पठन पाठन हुनु पर्छ भन्दै आवाज उठाई रहेको बताउदै त्रिभुवन विश्वविद्यालयले स्वीकार गरि सकेको १, १२ कक्षा र मावि कक्षामा अध्ययन गर्ने विद्यार्थीहरुले पनि अनिवार्य चलचित्र, कला क्षेत्रको विषयमा पढ्न पाउने ढोका खुलेको उनको भनाई छ ।
यस क्षेत्रमा लाग्न अघिल्लो पुस्ता र आफुले पनि धेरै संर्घष गर्नु परेको बताउदै नेपाली चर्चित अभिनेता निखिल उप्रेतीले अबको चलचित्र उद्योगले युवा पुस्ता खोजी रहेको बताए ।
लेखन, निर्माण, सम्पादन, निर्देशन, अभिनय र मिडिया एण्ड मार्केटिङ लगायतका बिषयमा प्रशिक्षण दिइने कार्यक्रममा युवराज लामा, दयाराम दाहाल, सन्तोष श्रेष्ठ, रक्षा सिंह राणा, जनकदीप पराजुली, सामीप्य तिमल्सिना, पुरुषोत्तम प्रधान लगायतले समेत विभिन्न बिषयमा प्रशिक्षण दिनेछन् ।