काठमाडौँ । नेपालमा थप ७३४ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर पिसिआरबाट कुल ६५६ र एन्टीजेन परिक्षणबाट ७८ गरि कुल ७३४ जना संक्रमित थपिएको जानकारी दिएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा १४१३ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ९५.५ रहेको मन्त्रालयले जनाएको छ ।

देशभर अहिले २४८ जना क्वारेन्टाइनमा छन् । त्यस्तै पछिल्लो २४ घण्टामा ७३०४ पिसिआर र २७०९ नमुना एन्टीजेन परिक्षण गरि कुल १० हजार १३ जनाको परीक्षण भएको मन्त्रालयले जानकारी दिएको छ ।

नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या २४ हजार ३१३ पुगेका छन् ।

त्यस्तै अहिले देशभर संस्थागत आइसोलेसनमा १ हजार ४४९ जना रहेका छन् भने होम आइसोलेसनमा २२ हजार ८६४ रहेका छन् ।

त्यस्तै अहिले नेपालमा ३९० जना कोरोना संक्रमित आइसीयुमा उपचारत रहेका मध्ये ११७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ४० पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय