कोरोना महामारीको समयमा समस्यामा परेका नागरिकको मद्दत गरेर चर्चामा रहेका बलिउड कलाकार सोनु सुदको घर र होेटलसहित ६ स्थानामा आयकर विभागले २० घन्टासम्म छापा मारेको छ ।

कर विभागका कर्मचारीहरुले सोेनूकोे घर र अफिसमा उपस्थित परिवारका सदस्य र स्टाफहरुसँग पनि सोधपुछ गरेको थिए । २० घन्टासम्म सोनुकोे बैंक खाता, आम्दानीकोे श्रोत, खर्च र आर्थिक अवस्थाको बिषयमा छानविन गरिएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

सोनुकोे घरबाट केही कागजात लिएर आयकर विभागका कर्मचारी फर्किएका छन् । अगष्ट २७ मा मात्र सोनुलाई दिल्लीकोे सरकारले स्कुलका छात्राहरुसँग जोडिएको एक कार्यक्रमको ब्रान्ड एम्बेसडर बनाएका थिए । सामाजिक संजालमा सोेनु आम अरविन्द केजरीवालकोे पार्टीसँग जोडिन लागेकाले पनि छापा मारिएको हो ।

सोनुको घरमा छापा मारिएपछि दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले उनको समर्थनमा टविट समेते गरेको छ । उनले, समस्यामा परेका नागरिकहरुको सेवामा लागेका सोनुकोे जित हुने विश्वास व्यक्त गरेका छन् । यस्तै, आम आद्मी पार्टीका नेता आतिशीले पनि ट्विट गर्दै सोनु सोेदलाई डर देखाउनका लागि सरकारले यो कार्य गरेको उल्लेखे गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय