काठमाडौं । पछिल्लो २४ घण्टामा १४८६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ५३२ पीसीआर परीक्षणमा ११४९ जना र ४००७ एन्टिजेन परीक्षणमा ३७ जना गरी १४८६ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या १२६० रहेको छ र संक्रमणका कारण १६ जनाको मृत्यु भएको छ ।

हाल सक्रिय संक्रमितको संख्या २६ हजार ६३० रहेको छ । जसमध्ये २४ हजार ९५८ जना होम आइसोलेसनमा र १६७२ जना संस्थागत आइसोलेसनमा छन् ।

यस्तै १० वर्षमुनिका २३ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ९६ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

कुन जिल्लामा कति संक्रमित थपिए ?

स्वास्थय तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ३०१, झापामा १२०, मोरङमा ११४, कास्कीमा ९६, सुनसरीमा ८२, चितवनमा ८१, ललितपुरमा ६८, भक्तपुरमा ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै रुपन्देहीमा ४१, नुवाकोटमा २२, नवलपरासी पुर्वमा १९, स्याङजामा १५ र मकवानपुरमा १० जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय