आइसिसी विश्वकप लिग-२ अन्तर्गत आजदेखि नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणात्मक सिरिज सुरू हुँदैछ।

ओमानको अल अमिरत क्रिकेट रंगशालामा हुने सिरिजको पहिलो खेलमा नेपाल र  अमेरिकाबीच प्रतिस्पर्धा हुँदैछ।

खेल नेपाली समयअनुसार दिउँस सवा चार बजे सुरू हुनेछ।

सिरिजमा नेपालले ओमान र अमेरिकासँग दुई-दुई खेल खेल्नेछ।

सिरिजको पछिल्ला दुई खेलमा नेपालले अमेरिकालाई हराएको थियो। सन् २०२० को फेब्रुअरीमा नेपालमा भएको सिरिजमा नेपालले अमेरिकालाई ३५ रन र ८ विकेटले पराजित गरेको थियो।

सिरिजअघि नेपालले पपुवा न्युगिनीसँग दुई खेलको एकदिवसीय सिरिज खेलेको थियो। नेपाल दुवै खेलमा विजयी भएको थियो।

विश्वकप लिग–२ मा नेपालसहित पपुवा न्यूगिनी, ओमान, अमेरिका, स्कटल्याण्ड, नामिबिया र युनाइटेड अरब इमिरेटस् (युएई) रहेका छन्।

नेपालले हालसम्म ओमान र अमेरिकासँग दुई-दुई खेल खेलिसकेको छ। नेपाल चार अंक जोड्दै अंक तालिकाको छैटौं स्थानमा छ।

खेल तालिका 

नेपाल भर्सेस अमेरिका – भदौ २८

ओमान भर्सेस नेपाल – भदौ २९

ओमान भर्सेस अमेरिका – भदौ ३१

नेपाल भर्सेस अमेरिका – असोज १

ओमान भर्सेस नेपाल – असोज ३

ओमान भर्सेस अमेरिका – असोज ४

सबै खेल सुरू हुने समय – दिउँसो ४:१५ बजे

स्थान – अल अमिरत क्रिकेट रंगशाला, ओमान

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय