काठमाडौं । एएफसी महिला एसियन कप छनोट खेल्ने तयारीमा रहेको नेपाल र बंगलादेशबीच पहिलो मैत्रीपूर्ण खेल आज हुँदैछ । यस खेलबाट नेपालको महिला सिनियर टिमले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा डेब्यु गर्दैछ ।

मअिलाको उमेर समूह टीमले रंगशालामा खेलपनि सिनियर टिमले भने करिब ३५ वर्षको अन्तर्राष्ट्रिय इतिहासमा पहिलो पटक खेल्न लागेको हो ।

यस्तै पहिलो पटक महिला टिमले विलेशी प्रशिक्षकको प्रशिक्षणमा खेल्द‌छ । अष्ट्रेलियन ग्यारी फिलिप्सको आगमनपछि महिला टिमले पहिलो खेल खेल्दैछ ।
नेपाल र बंगलादेशबीचको खेल साँझ ५ बजे सुरु हुनेछ।

एएफसी महिला एसियन कप-२०२२ छनोटको तयारीमा रहेको नेपाललु र बंगलादेशले दुई मैत्रीपूर्ण खेलले छनोटमा सहयोग पुग्ने विश्वास राखेको छ ।

नेपाली टिम मुख्य स्ट्राईकर सावित्रा भण्डारीविना पहिलो पटक खेल्दैछ । घुँडामा चोट लागेपछि कतारमा गएर शल्यक्रिया गराएकी सावित्रा हाल रिह्याबिलिटेसनमा छिन् ।

प्रशिक्षक ग्यारीले नयाँ खेलाडीका लागि यो खेल अवसर हुने बताएका छन् । नेपाली टिममा यसपटक ७ नयाँ अनुहार छन् ।

नेपाल र बंगलादेशबीचको खेल दर्शकले रंगशालामै पुगेर पनि हेर्न पाउनेछन् । त्यसका लागि एन्फाले सामान्य प्यारापिटतर्फ २०० र भीआईपीतर्फ ५०० को टिकट मूल्य राखेको छ ।

टिकट प्रभु पे बाट टिकट किन्न सकिने एन्फाले जनाएको छ । यस्तै खेलको प्रत्यक्ष प्रसारण एक्सन स्पोर्ट्स टेलिभिजनबाट हुनेछ । त्यसका लागि एन्फाले आजै डिस मिडिया नेटवर्कसँग सम्झौता पनि गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय