विश्वकै दोस्रो अग्लो बन्जी सञ्चालन गरिरहेको द क्लिफ प्रालिले आफ्नै रिसोर्ट परिसरमा निर्माण गरेको ‘पारिवारिक पिङ’ सञ्चालनमा आएको छ। बन्जीका लागि कालीगण्डकी नदीको खोंचमा निर्माण भएको पर्वतको कुश्मा र बाग्लुङको बलेवा जोड्ने पुलको उचाइ २ सय २८ मिटर छ भने सोभन्दा माथि पिङको बनाइएको छ।

जमिनबाट १६ मिटर अग्लो बनाइएको पिङमा परिवार एकैसाथ बसेर मज्जा लिन सकिन्छ। अधिकतम ३ सय ५० किलो क्षमता रहेको पिङ खेल्न प्रतिव्यक्ति २ सय ५० रूपैयाँ तिर्नुपर्ने हुन्छ।

पिङ निर्माण र सञ्चालनमा सुरक्षा सावधानीको उच्च सतर्कता अपनाइने द क्लिफ प्रालिका अध्यक्ष राजु कार्कीले जानकारी दिए। स्टिल कोर केबलको प्रयोग गरिएको र दक्ष प्राविधिकबाट डिजाइन गरी निर्माण गरिएको पिङ नेपालकै नमूना पिङ बनेको कार्कीको दाबी छ।

विश्वकै अग्लो स्विङ र स्काई साइक्लिङ समेत निर्माण गरेको कम्पनीले नेपालमै पहिलोपटक स्काइ चियर समेत सञ्चालनमा ल्याएको छ।

द क्लिफको गुलेली पिङ र हाइ रोप स्टेसन पनि अहिले युवाहरू माझ निकै लोकप्रिय छन्। उक्त क्षेत्रलाई एड्भेन्चर हबका रूपमा विकास गर्ने योजना भएको र भविष्यमा अन्य गतिविधि समेत थपिने कार्कीले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय