कञ्चनपुर। भीमदत्त नगरपालिका-१२, ओदालीस्थित महाकाली नदीमाथि निर्माण भैरहेको पुल जोड्ने ६ लेनको पहुँच मार्ग (सडक) हुँदै आवतजावत गर्न प्रतिबन्ध लगाइएको छ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुलको पहुँच मार्गमा जान प्रतिबन्ध लगाएको हो।

निर्माणाधीन सडकमा भीडभाड हुन थालेपछि कोरोनाको जोखिम बढेकोले आइतबारदेखि सडकमा जान प्रतिबन्ध लगाइएको प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले बताए।

‘भीडभाडले कोरोनाको जोखिम पनि बढेको र सुरक्षाको दृष्टिले पनि संवेदनशील भएकाले सडकमा जान निषेध गरिएको छ,’ उनले भने, ‘निर्माण कम्पनीका कामदार र त्यहाँका स्थानीयहरू हिँडडुल गर्न पाउँछन्‌, तर सडकमै टहलिने गरेर जान पाउँदैनन्‌।’

सामाजिक सञ्जालमा भाइरल भएपछि सडकमा दैनिक ४/५ हजार मानिस सेल्फी, भिडिओ खिच्न र टिकटक बनाउन लागि पुग्ने गरेका थिए।

अहिले यो सडक ‘भाइरल रोड’ का नामले चर्चित छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय