काठमाडौं : पछिल्लो २४ घन्टामा कोरोना भाइरस (कोभिड -१९) संक्रमणबाट थप ४४ जनाको मृत्यु भएको छ। मंगलबारको तुलनामा कोरोनाबाट बुधबार ९ जना बढीको मृत्यु भएको हो। मंगलबार कोरोनाबाट ३५ जनाले ज्यान गुमाएका थिए।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार थप २४ सय ८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। एन्टिजेनबाट ६२० र पीसीआरबाट १८ सय ८२ जनामा संक्रमण देखिएको हो।

मन्त्रालयका अनुसार बुधबार १७ सय ८१ जना संक्रमणमुक्त भएका छन्। हाल सक्रिय संक्रमितको संख्या ३८ हजार २८७ रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय