सामान्य परिवारमा जन्मीएकी संघर्षशिल महिला हुन् ज्वाला कुमारी साह । जनताको सर्वोपरि हितका लागि संघर्षरत साह यतिवेला २१ गते हुने निर्वाचन केन्द्रित अभियानमा सक्रिय छिन् । उनी बारा क्षेत्र नं.३ मा निरन्तर मतदाता भेटघाटमा ब्यस्त छिन् ।
उनको भेटघाटमा मतदाताहरुको उत्साहजनक सहभागीता देखिएको छ । जनभेटघाटमा रहेकी पूर्व सांसद साह भन्छिन् “बाराको माटोमा जन्मिएर, यहाँकै धुलो र हिलोमा संघर्ष गर्दै आइरहेकी छु । मैले यस अघि सांसद,मन्त्री हुँदा होस् या नहुँदा समेत सधैँ मेरो जिल्लाको विकासमा यहाँका किसान, सुकुम्बासी, महिला, दलित, विपन्न, यूवा, ब्यवसायीहरुको पीडालाई शिरमा राखेर काम गरेँ । तर, अझै धेरै कामहरू बाँकी छन् । हाम्रा खेतहरूमा सधैँ पानी पुर्याउनु छ । हाम्रा युवाहरूलाई खाडी जानबाट रोकेर यहीँ रोजगारी सिर्जना गर्नु छ । हाम्रा छोरीहरूलाई निर्धक्क भएर हिँड्न सक्ने र शिक्षित बन्ने वातावरण बनाउनु छ । ”



उनी थप्छीन् “सुकुमबासी समस्या समाधान र टाँगियावस्तीका जनताको चाहना अनुसार उचित ब्यवस्थापन गर्नु छ । अरूले आश्वासन बाँड्छन्, तर म अनुभव र एजेन्डा लिएर आएको छु । यस अघि सांसद मन्त्री हुँदा मैले नीति बनाउने भुमिका निभाँए । अब तपाईंहरूको प्रतिनिधि भएर ती नीतिहरूलाई तपाईंको हकहितमा लागू गर्न चाहन्छु । मेरो प्रतिवद्धता भ्रष्टाचारमुक्त प्रशासन र विकासको निरन्तरता हो ।”
तपाईंको एउटा अमूल्य मतले आगामी ५ वर्षको भविष्य तय गर्नेछ । त्यसैले, विकास र समृद्धिका लागि सूर्य चिन्हमा मतदान गरी मलाई फेरि तपाईंको सेवा गर्ने मौका दिनुहुनेछ, भन्ने पूर्ण विश्वास लिएको छु ।”
चरम गरिबी, अभाव, पिडासँगै हुर्किएकी ज्वालाले देशको यथास्थितिलाई चिर्न गरेका योगदान कमजोर छैनन् । २०६४ बाट माओवादीको सशस्त्र संघर्षमा होमिएकी उनी पटकपटकको आक्रमणमा जोगिन सफल भईन् ।
सोही क्रममा मधेशमा ब्याप्त जातियताका विरुद्ध विगुल फुक्ने महिला समेत बनिन् । सशस्त्र संघर्षका क्रममै पहाडी समुदायका अमृत शर्मा बजगाँईसँग विवाह भयो । यो विवाहले मधेशी र पडाही विचको दुरी घटाउन ठुलो भुमिका खेल्यो ।
सक्रिय राजनितिमा रहेकी साह २०६४ मा समानुपातिक कोटामा संविधानसभा सदस्य भएकी थिइन् । पहिलो पटक साँसद हुँदै २०६७ मा भुमिसुधार तथा २०६८ मा पर्यटन राज्यमन्त्री बनिन् । संविधानसभा निर्वाचनपछि २०७४मा भएको प्रादेशिक निर्वाचनमा बारा क्षेत्र नं.३ क बाट निर्वाचित भएकी उनले यस क्षेत्रको विकासमा उल्लेखनिय योगदान गरिन् । सडक, खानेपानी, सिंचाई, शैक्षिक पूर्वाधार लगायत तमाम ग्रामिण समस्या समाधानमा उनको मेहनतले जनताको मन जितिरह्यो ।
फलस्वरुप २०७९ को प्रतिनिधिसभा निर्वाचनमा सहभागि भई नेकपा एमाले विरुद्धका घटक समेतलाई पछि पार्दै उनी २० हजार २५१ मतले विजय भईन् । सांसदले संसदिय विकास कोष चलाउन नपाउने अवस्थामा समेत उनी जनसेवाका लागि लागिरहिन् । विभिन्न सरकारी निकायहरुसँगको सहकार्यमा किसानका खेतमा सिंचाई ब्यवस्थापन, कृषि बजारलाई चाहिने सेड निर्माण, ग्रामिण सडक पूर्वाधारको स्तर उन्नतीमा उल्लेखिय काम गरिन् ।
बुवा खेदु साह कानु र आमा श्रीपती देवी साह कानुका जेठी छोरीका रुपमा २०३८ सालमा उनको जन्म भएको हो । किसान आन्दोलनका क्रममा बुवा जेल परेका बेला आमा श्रीपती देवी बिरगजं कारागारमा रहेका आफ्ना पती भेट्न गएका बखत ज्वालाको जन्म भएको उनी बताउँछिन् । राजनीतिक पृष्ठभूमि उहाँका बुवा र आमा दुवै तत्कालीन नेकपा मालेसँग आबद्ध हुनुहुन्थ्यो ।
उनको परिवारमा पहिलेदेखि नै राजनीतिक चेतना र सक्रियता रहेको थियो भन्ने देखिन्छ । जसले गर्दा उनलाई सानै उमेरदेखि राजनीतिमा लाग्न प्रेरणा मिल्यो । साह संविधान सभा सदस्य समेत हुन् ।
उनी माओवादीसँग रहँदा १२ वर्षदेखि सक्रिय लडाकु थिईन् । उनले आफ्नो सुरक्षाको कारण धेरै वर्ष भूमिगत जीवन बिताएकी थिइन् । सोहीक्रममा उनको विवाह पार्टीका सहकर्मीसँग भयो । उनका तीन छोरा छन् ।
उनीहरूले सामान्य फूल साटासाट गरेर साधारण विवाह गरेका थिए । पहाडी यूवा र मधेशी महिला विचको क्रान्तिकारी विवाहले आफन्त र गाउँलेहरू छक्क परेका थिए । हामीले एकअर्कालाई माया गर्यौं । विवाह गर्ने निर्णय गर्यौं । हामी खुसी र सरल जीवन बिताउँदैछौं । ज्वाला कुमारी साहले मिठो मुस्कानका साथ सुनाईन् ।
सरल र मिजासिलो स्वभावकी साहले यसपकटको निर्वाचनबाट फेरी पनि जीत निकाल्ने बताईन् ।






