नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले बाराको निजगढ नगरपालिका–८ निवासी चुनुलाल श्रेष्ठलाई केन्द्रीय सदस्यमा नियुक्त गरेको छ।

श्रेष्ठले आइतबार आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत केन्द्रीय सदस्यको परिचयपत्र सार्वजनिक गर्दै उक्त जानकारी दिएका हुन। उनले सार्वजनिक गरेको परिचयपत्रमा पार्टीको केन्द्रीय सदस्य रहेको उल्लेख गरिएको छ।

सामाजिक सञ्जालमा प्रतिक्रिया जनाउँदै श्रेष्ठले पार्टी नेतृत्वप्रति आभार व्यक्त गरेका छन। उनले पार्टीका संयोजक पुष्पकमल दाहाल, सह–संयोजक माधव कुमार नेपाल तथा सम्पूर्ण पदाधिकारीहरूप्रति धन्यवाद व्यक्त गरेका छन।

नेकपाले पछिल्लो समय संगठन विस्तार र पुनर्संरचनालाई तीव्रता दिँदै आएको छ। सोही क्रममा विभिन्न जिल्लाबाट नेताहरूलाई केन्द्रीय तहमा समेट्ने क्रम जारी रहेको पार्टी स्रोतले जनाएको छ।

श्रेष्ठको नियुक्तिसँगै निजगढ क्षेत्रमा नेकपाको संगठन थप सुदृढ हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय