निजगढ नगरपालिकाले २०७७ फागुन ७ गते ग्रीन एन्ड क्लिन सिटी हेटौंडासंग फोहोरमैला व्यवस्थापन गर्ने भन्दै सम्झौता गरेको थियो ।
५ वर्षसम्म निजगढ नगरको फोहोर मैला व्यवस्थापन गर्नेगरी ५० लाखमा निजगढ नगरसँग सम्झौता गरेको नगरले बताएको थियो ।
बिभिन्न देशभरका ठूला शहर र महानगरका लागि फोहोरमैला व्यवस्थापन चुनौती बनेको बेलामा निजगढ नगरले गरेको सम्झौतालाई सबैले स्वागत गरेका थिए । तर सम्झौतामा भने फरक रहेको पाईएको छ ।
सम्झौता अनुसार निजगढ नगरपालिकाले ५ वर्षमा २ करोड १८ लाख ५० हजार ४ सय ग्रीन एन्ड क्लिन सिटी हेटौंडालाई भुक्तानी दिनुपर्ने सहमति भएको देखिन्छ ।
नगरले पहिले वर्षमा ६५ लाख, दोस्रो वर्षमा ५२ लाख तेस्रो बर्षमा ४१ लख ६० हजार चौथो बर्षमा ३३ लाख २८ हजार र अन्तिम पाँचौँ बर्षमा २६ लाख ६२ हजार ४ सय भुक्तानी नगरपालिकाले दिनुपर्ने सहमति भएको देखिन्छ ।
फोहोर व्यवस्थापनका लागि अस्थायी ल्याण्डफिल साइट समेत बनाएको छैन । कोल्हवी नगरपालिकाको जंगलमा संकलन गरेको फोहोर ग्रीन एन्ड क्लिन सिटी हेटौंडाले ३ वर्षदेखि यहाँ फोहोर फालिरहेको छ । संकलन गरिएको फोहोर प्रशोधन नगरी लगेर फाल्ने गरिन्छ । यस्तो ल्याण्डफिल साइट वातावरण र मानवीय स्वास्थ्यका लागि जोखिमपूर्ण मानिन्छ ।
करिब ४० हजार जनसंख्या रहेको निजगढ नगरपालिकाको साबिक निजगढ गाँउपालिकामा २० हजार जनसंख्या रहेको छ । यस क्षेत्रमा मासिक ५ टन फोहोर उत्पादन हुने गर्दछ । यसका निम्ती कुनै अन्य निकायको आवश्यकता समेत पर्दैन । नगरलेनै फोहोर सङ्कलन गरेर मोहोर बनाउँन सक्छ ।
यता सम्झौता सम्झौता अनुसार फोहोर मैला कानून, वन वातावरण संरक्षण र जनस्वास्थ्यविपरीत निजगढ बकैया पुल दक्षिणतर्फको नदी किनारमा डम्पिङ गर्दै आगो लगाउँदै प्लास्टिक, शीशा, धातुजन्य फोहोर मैला व्यवस्थापन गर्दै आएका छन ।
यो सम्झौता तत्कालिन नगरप्रमुख सुरेश कुमार खनाल हुदाँ गएिको हो । सम्झौता २०८२ साल माघ मसान्त सम्म लागु हुने सम्झौतामा उल्लोख गरिएको छ ।