२०७४ मंसिरमा भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा नेकपा एमाले र माओवादी केन्द्र एकता गरेका थिए । वाम एकताका भएतापनि बारामा संघीय र प्रदेश सभामा क्षेत्र मध्य क्षेत्र नम्बर १ मा काँग्रेसले, क्षेत्र नम्बर २ र ३ मा संघीय समाजवादी फोरम नेपालले र क्षेत्र नम्बर ४ मा राष्ट्रिय जनता पार्टी नेपाल विजयी हुँदा वाम एकता भने खुम्चिएको थियो ।
बाराका सबै क्षेत्रमा बाम एकताले प्रतिनिधिसभामा हारेका थिए । प्रदेशसभामा भने बारा क्षेत्र नम्बर १ क र क्षेत्र नम्बर ४ क नेपाल कम्युनिष्ट पार्टी (एमाले), क्षेत्र नम्बर १ ख र क्षेत्र नम्बर ४ ख राष्ट्रिय जनता पार्टी नेपाल, क्षेत्र नम्बर २ क, ख र क्षेत्र नम्बर ३ ख संघीय समाजवादी फोरम नेपाल र क्षेत्र नम्बर ३ क नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) विजयी हुँदा काँग्रेस भने खुम्चिएको थियो ।
आसन्न निर्वाचनमा एमालेतालमेल विरुद्ध सत्तारुढ गठबन्धन तालमेलका साथ चुनावी मैदानमा उत्रिने भएका छन् । अघिल्लो निर्वाचनमा खुम्चिएको पार्टीलाई पुनः सत्ता गठबन्धनको कारणले खोसिने त होइन भन्ने चिन्ता एमालेमा छ ।
२०७४ मा नेपाली कांग्रेस उमाकान्त चौधरीले तत्कालीन वाम गठबन्धन (नेकपा एमाले)का उम्मेदवार अच्युत प्रसाद मैनालीसँग जित हासिल गरे । २४ हजार ४५० मत ल्याएर चौधरी विजयी हुँदा मैनालीले २२ हजार ३० मत प्राप्त गरेका थिए । पाँच वर्ष अघि २ हजार ४२० मतले पराजित भएका मैनाली यसपटक आफ्नो शाख फर्काउने ध्याउन्नमा छन् ।
स्थानीय तहको निर्वाचनमा बारा–१ मा पर्ने स्थानिय तहमा दलले प्राप्त गरेको मतलाई हेर्ने हो भने अंकगणित चौधरीको पक्षमा देखिन्छ ।
बारा–१ मा निजगढ नगरपालिका, कोल्हबी नगरपालिका, सिम्रौनगढ नगरपालिका, आदर्श कोटवाल गाँउपालिका र बारागढी गाँउपालिकाको भूगोल समेटिएको छ।
स्थानीय तहको मतलाई आधार मान्ने हो भने बारा-१ मा कांग्रेस पहिलो शक्ति देखिन्छ। गत निर्वाचनमा कांग्रेसले ३४ हजार ३४६ मत प्राप्त गरेको थियो । स्थानिए तहमा पाएको मत हेर्दा एमाले दोस्रो स्थानमा छ। उसले २४ हजार १३१ मत प्राप्त गरेको छ । लोकतान्त्रिक समाजवादी पार्टीले १३ हजार २९७ मत, जनता समाजवादी पार्टीले ६ हजार ४५७ मत, माओवादीले ५ हजार २२० मत, राप्रपाले १ हजार १२३ मत प्राप्त गर्दा नेकपा एसले १०६ मत प्राप्त गरेको थियो ।
स्थानीय तहको पालिकाको मतलाई आधार मान्ने हो भने बारा–१ मा माओवादी, नेकपा एस, कांग्रेस, लोसपाको सत्ता गठबन्धन पहिलो शक्ति देखिन्छ । गत निर्वाचनमा सत्ता गठबन्धनले ५२ हजार ९६८ मत प्राप्त गरेको थियो । स्थानीय तहमा पाएको मत हेर्दा एमाले जसपाको गठबन्धनले ३० हजार ५८८ मत प्राप्त गरेको छ ।
यसरी हेर्दा कांग्रेससँगै माओवादी, लोसपा र नेकपा एसको मत जोड्दा चौधरीको पक्षमा ५२ हजार ९६८ मत देखिन्छ । जुन एमाले जसपा गठबन्धनको मत भन्दा २२ हजार ३८० बढी हो ।