हरि लामा, (निजगढ बाराा)

युवा समाज र राष्ट्र परिर्वतनको संवाहक हो । युवा सहासको केन्द्र र आर्थिक विकासको आधार हुन ।

यति मात्र होईन उर्जा, जोस, जांगर, इमन्दारिताको केन्द्र पनि युवा नै हो । युवामा भएको असल ज्ञान, सिप, सकारात्मक सिनर्जि, शिक्षा, विवेक, क्षमताले नै समुदाय, समाज र राष्ट्रको परिवर्तन गर्न सक्ने महत्वपुर्ण र नविन्तम आधर हुन् ।

युवा विना कुनै परिवर्तनको सम्भव हदैन् । नेपालको इतिहास पल्टाएर हेर्ने हो भने शाहा वंसिय जहानीय शासनको अत्य गर्न १० वर्षे माओवादि केन्द्रले गरेको द्धन्दकाल, विभिन्न आन्दोलन, मुलुकमा प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र स्थापना लगायतमा पनि युवाहरुको उल्लेखय सहभागिताले नै सम्भव भएको थियो ।

त्यसैले युवा राष्ट्र निर्माणको मत्वपुर्ण धरोहर हुन् । युवा आर्थिक विकासको पनि महत्वपुर्ण सिनर्जि हो । जुन राज्यले आज सम्म राम्रोसंग परिचत गर्न भने सकेको छैन ।

आज मुलुकमा शिक्षित युवा अर्थात शिक्षित विरोजगारीको दर नेपालमा व्यप्त छन् । हाल नेपालमा विरोजगारीको दर ११.३ प्रतिशत रहेको छ । जुन हाम्रो जस्तो विकशिल राष्ट्रको आर्थिक विकासको लागि अत्यन्त दुरगामी पक्ष हो ।

नेपाल कृषि प्रधान राष्ट्र हो । यहाँको ६६ प्रतिशत अर्थतन्त्र कृषिमा आधारित छ । नेपालको कुल जनसंख्याको करिव ८० प्रतिशत जनसंख्या ग्रामिण अर्थात गाउँमा वस्दछन् । सोही ग्रामिण क्षेत्रका युवाहरु दुःख सुखका साथ आफ्नो घरमा भएको अन्न वालि, चौपाया वेचेरे दुः ख सुखको साथ १२ वर्ष अधययन गरेर प्रविणता प्रमाण पत्र सो सरहको शिक्षा हासिल गर्दछ ।

कतिपयको हकमा उच्च शिक्षा हसिल गर्नको लागि आर्थिक आर्जनको महत्वपुर्ण स्रोत अभाव भएकै कारण १२ वर्ष अध्ययन गरेर आर्जन गरेको शिक्षाले उस्को भविष्य तय गर्न सकिँदैन् ।

तर दुरभाग्य १२ दिन लगाएर वनाएको राहादानी (पासपोर्ट)ले उस्को भविष्य तय गर्दछ । किनकी हाम्रो जस्तो विकाशिल मुलुकमा राज्यको तर्फवाट युवाहरुको लागी रोजगारी दिन सक्ने उपलब्धिमुलक नीति अवलम्वन गर्न सकिएको छैन् । जस्ले गर्दा दिन प्रतिदिन प्रतिभा पलायन (Brain Drain) हुने समस्या सिर्जित हुन पुगेको छ । जुन मुलुक विकासको लागि आवस्यक सिपयुक्त र दक्ष जनशक्तिको प्रत्यक्ष अभाव हुनु हो ।

नेपालवाट सक्षम, परिमाणमुखि युवाहरु बाहिरिने क्रम दिन प्रति दिन बढ्दो छ । मुलुकका लाखौँका संख्यामा युवाहरु परदेशमा छन् । जस्को मुख्य कारण मुलुकमा रोजगारीको महत्वपुर्ण आधार नहुनु नै विधमान बेरोजगारीको अवस्था रहनु हो ।

मुलुकमा हाल पनि खुला बेरोजगारी, अर्धवेरोगारी, चकी्रय वेरोजगारी र शिक्षित बेरोजगारी व्यप्त छन् । हाल नेपालमा युवा रोजगारीको लागि रुपान्तरण पहल आयोजना कार्यविधि २०७६ मा १८ वर्षको उमेर समुहदेखी ४० वर्षको उमेर समुहको उमेरलाई युवा भनेर परिभाषित गरेको छ । जुन उमेर समुहलाइ ठोस किसिमको रोजागारी दिन सक्ने आधार तय राज्यले हाल पनि गर्न सकेको छैन् ।

२०७५ सालमा खड्क प्रसाद ओलि प्रधानमन्त्री भएको समयमा प्रधानमन्त्री रोजगार कार्यक्रम संचालन निर्देशिका २०७५ ल्याइएको थियो । जस्को मुख्य उदेश्य रोजगारी प्रवर्धन गर्नु हो । काम गर्न इच्छुक र सक्षम जनशक्तिलाई १०० दिन वरावरको रोजगारी दिनु हो । यदि दिन नसकेमा ५० दिन वरावरको निर्वाह भत्ता दिने भनि कार्यक्रममा उल्लेख गरिएको छ ।

आर्थिक वर्ष २०७५।०७६ साल पछि वर्षेनी सो कार्यक्रमको लागी वार्षिक वजेट विनियोजन गरिदै आएको छ । यसपालीको आर्थिक वर्ष २०७९।०८० को लागि पनि सो कार्यक्रमको लागि राज्यस्तरवाट रु ७ अर्व ५ करोड वजेट विनियोजन गरिएको छ । प्रत्येक आर्थिक वर्षमा पछिल्लो समय वजेट विनियोजन गरिएतापनी वास्तविक उपलव्धी भने जनसमुदमयमा दिन सकेको छैन् ।

मुलुकमा संघियता आएपश्चात संघ, प्रदेश र स्थानीय तह गरी तिन प्रकारको राज्य संरचना भयो । जन्ताको सवैभन्दा नजिकको सरकार स्थानीय तह हो । जुन तहसँग प्रत्यक्ष रुपमा सहज तरिकाले जन्ताको नजिक स्थानिय सरकार हुन्छ । स्थानीय तहलाइ विशेष कार्य गर्ने अधिकार सुचि दिएको छन् । जस्मा २२ वटा अधिकार सुचि पर्दछन् । विरोजगारीको तथ्यांक संकलन गर्ने पनि एक महत्वपुर्ण सुची अन्तर्गतको सुचि हो । सो सुचिको आधारमा संकलित विरोजगारीको तथ्यांक हरेक वडास्तरवाट फाल्गुन महिनामा संकलन गरिन्छ ।

तर दुर्भाग्य समग्रमा भन्नुपर्दा ठोस उपल्वधिमुलक रोजगारी प्रवर्धन गर्न सकिने प्रकृतिको कामहरु हुन सकेको छैन् । सुचिमा संकलित विरोजगारी व्यक्तिलाइ रोजगारी दिन सकेको छैन् । हाल नेपालमा कुल विरोजगारको सुचीमा सुचीकृत तथ्यांक अनुसार ८,४१,९१८ जना वेरोजगारी छन् । २०७९।८० मा २ लाखलाई रोजगारी दिने भनिएको छ । यस्को थप प्रभावकारि कार्यन्वयन हुनु आजाको मुल आवस्यक्त हो ।

रोजगारी प्रवर्धन गर्न सक्ने आधारहरु / रोजगारी सिर्जना गर्ने आधारहरु

राज्यस्तरवाट थप प्रभावकारी, उपलव्धीमुलक र परिमार्जित नीति निर्माण गर्नुपर्दछ । राज्यस्तरवाट व्यवसायिक र उत्पादनमुखी शिक्षाको विकास गरी परिवर्तनका संवाहक युवालाई मुलुकमा राख्ने कार्य वातावरण तय गर्नुपर्दछ । हरेक पालिका स्तरमा मेयर रोजगार कार्यक्रमको विकास गर्न सक्नु पर्दछ । राज्यस्तरवाट आर्थिक उदारिकरणका नीतिलाइ थप प्रभावकारी ढङ्गले कार्यन्वयन गर्न सक्नु पर्दछ । राज्यस्तरवाट बहुराष्ट्रिय कम्पनीको सहजपुर्वक नेपालमा भित्रयाई रोजगारीका अवसरहरु सिर्जना गर्न सक्नु पर्दछ । नेपालको कृषि क्षेत्रलाई आधुनिक, व्यवसायिक, उत्पादनमुखि र वजारिकरण गर्दै लैजानु पर्दछ । रोजगार प्रवर्धन गर्ने अन्य कार्य पालिकास्तरले प्रदेश र संघसँग सहकार्य गरेर गर्नु पर्दछ ।

राष्ट्र निर्माणमा युवाको महत्व

भनिन्छ आफु जन्मेको ठाँउ र आमा स्वर्ग भन्दा पनि प्यारो हुन्छ । जहाँ देशको कर्णधार भनेर युवाहरुको सम्मान भएको छ त्यो राष्ट्र निश्चयनै विकासको सिखरमा पुगेको छ । राष्ट्र निर्माण कार्य जो कोही वाट सम्मभव हुदैन् । यो गौण कार्य केवल दृढ इच्छा शक्ति भएका युवाहरुवाट मात्र सम्भव हुन्छ । युवामा जोस जाँगर, उत्साह, हिमत र इमन्दरिता पनि हुन्छ । युवाले मात्र राष्ट्रलाई विकसित तुल्याउन सक्छ । देशभक्त युवाहरुको क्रियाशिलतामा मात्रै मुलुकको परिवर्तन सम्भव छ । जति जति नविन्तम उर्जा, उत्साहाका साथ राष्ट्र निर्माणको अभियानमा युवाहरु सहभागि जनाउंछ त्यति त्यति राष्ट्र निर्माणमा सहयोग पुग्दै जान्छ । युवाहरुमा समपर्णको भावना र परिवर्तको भावना पनि हुन्छ ।

त्यसैले राष्ट्र निर्माणको सफल अभिनेता भनेको युवा नै हो । युवाहरुको काँधमा नै राष्ट्र निर्माणको अभिभारा हुन्छ । केवल उनीहरुको क्रियासिलता र सक्रियतामा मात्रै सवल, विकसित र समृद्ध राष्ट्र वन्न सक्छ ।

अन्तमा, युवा निर्माणकर्ता र परिवर्तनकर्ता हो । कुनै पनि राष्ट्र सवल, सुन्दर, समुन्नत र आर्थिक विकासका लागि राजनैतिक स्थिरता, दिगो विकास, दिगो सान्ति, पर्यटन प्रवर्धन र विकासमा सम्मनता पनि हुनु पर्दछ ।

साथै त्यस क्षेत्रमा रहेका भाषा, कला, साहित्य, परम्परागत मौलिक संस्कृति र प्रविधिको पनि त्यतिकै विकास हुनु पर्दछ । जस्को लागि युवाहरु जागरुप हुनुपर्दछ । जुन राष्ट्र युवाहरुको एकतासँग जोडिएको हुन्छ । सोही राष्ट्र विकास र सम्पन्नशालि मनिन्छ ।

-हरि लामा, (निजगढ बाराा)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय