प्रदेश नम्बर दुईमा अहिले कोरोना संक्रमणको सख्या दिनप्रतिदिन बढिरहेको छ । पछिलो समय खुल्ला सिमनाका कारण भारतबाट नेपाल आउने क्रम समेत निकै बढेको हो ।
यस प्रदेशका बिभिन्न नाकाबाट दैनिक हजारौंको संख्यामा मानिसहरु ओहोरदोहोर गरिरहेका हुन्छन् । भारतको बिहार राज्यबाट मात्रै होइन, अन्य राज्यबाट समेत दुवै देशका सर्वसाधारण नेपाल भारत ओहोर दोहोर गरिरहन्छन् । प्रदेश २ को विरगज, गैर, जनकपुर लगाएतको नाकामा एक जना चिकित्सक सहितको हेल्थ डेस्क भएपनि सबैको चेकजाँच गर्न मुश्किल छ । नाका हुँदै आउने मानिसहरुले खोप लगाए नलगाएको, पीसीआर गराएको वा नगराएको जाँच गर्न जनशक्ति अपुग छ ।
हाल प्रदेश २ को मुख्य शहर विरगज, जनकपुर, गैर, निजगढ लगाएत अन्य शहरमा समेत कोरोनाका संक्रमितको सख्यां दिन प्रति दिन बद्दै छ । पछिल्लो पटक बिरगजमा गरिएको परिक्षणको तथयाङ्गले समेत यो पुष्टी हुन्छ कि प्रदेश २ कोरोना भाईरसको तेस्रो लहरमा ‘हटस्पट’ बन्दै छ ।
बिरगज स्थित नारायणी अस्पतालका कोभिड संयोजक डा. उदयनारायण सिंह साता यताको अवस्था हेर्दा समुदायमा तीव्र रुपमा कोरोना संक्रमण विस्तार भइरहेको र त्यसमा पनि वीरगन्जमा झनै बढी रहेको अनुमान गर्न सकिने बताउँछन् । उनले भने संक्रमण शून्यजस्तै थियो छिटपुट एक जनामा कहिलेकाहीँ संक्रमण भेटिन्थ्यो, तिनपटक गरिएको पीसीआर गराएकामध्ये ४० प्रतिशतमा संक्रमण देखिएको छ । ४० प्रतिशत भन्दा माथि संक्रमण देखिनुलाई जसरी कोरोनाको पहिलो र दोस्रो लहरमा ‘हटस्पट’ बनेको वीरगन्ज तेस्रो लहरमा पनि हटस्पट उन्मुख रहेको भन सकिने उनको भनाई छ ।
वीरगञ्ज क्षेत्रमा भेटिएका भेरियन्टबारे बुझ्न वीरगञ्ज–रक्सौल नाकामा पोजेटिभ आएकाहरुको नमुना परीक्षणका लागि केन्द्रीय प्रयोगशालामा पठाउने तयारी भइरहेको छ । कुन भेरियन्टको संक्रमण हो भनेर यहाँबाट भन्न सकिन्न, यहाँ पोजेटिभ देखिएकाहरुको नमुना परीक्षणका लागि टेकु पठाईएको छ ।
वीरगञ्जमा कोरोना संक्रमण घटेपछि मास्क लगाउने, सामाजिक दुरी कायम गर्नेजस्ता सावधानी अपनाउन छोडिएको छ । यस्तो लापरबाहीले कोरोना संक्रमण फैलन मद्धत भएको हो । अहिले सामान्य रुघाखोकी, ज्वरोको लक्षण देखिएकाको पीसीआर परीक्षण गराउँदा पनि पोजेटिभ आएको छ ।
रोजगारी तथा अध्ययनका लागि भारतका विभिन्न सहरमा गएका नेपाली कोरोना सङ्क्रमणको त्रासका कारण वीरगञ्ज नाका भएर धमाधम घर फर्किन थालेका छन् । वीरगञ्जस्थित दशगजाको दुवैतिर सघन बस्ती भएकाले सीमा वारिपारि आउन–जान ओल्लोघर पल्लोघर गए–आए जस्तै भएपछि कति सङ्ख्यामा मान्छे भित्रिँदै छन् यसको तथ्याङ्क राख्नसक्ने अवस्था देखिँदैन ।
सानाठूला सबै नाका भएर घर फर्किने नेपालीको लाम नै लाग्ने गरेको छ । दिल्ली, बम्बै, पन्जाब, हरियाना, लुधियानामा रोजगारीका लागि गएका नेपाली धमाधम फर्किरहेका छन् । त्यस्तैगरी, कोरोना सङ्क्रमण बढेको भन्दै भारतका शैक्षिक संस्था धमाधम बन्द हुन थालेपछि कलकत्ता, दिल्ली, गोरखपुरमा अध्ययनका लागि गएका नेपाली विद्यार्थी घर फर्कने क्रम बढेको छ । जिल्लाभरि भारतसँग सीमा जोडिएको वारिपारिका बस्ती पिच्छे रहेका गोरेटा बाटो भएर पनि अहिले मानिस भित्रिने गरेका छन् । सीमा क्षेत्रमा कतै कच्ची, कतै ग्राभेल, कतै कालोपत्रे सडक रहेकाले मुख्य नाकाबाट आउँदा समस्या होला कि भन्दै स–साना गोरेटो बाटो भएर पनि नेपाल भित्रिनेको सङ्ख्या बढी रहेको छ ।
कोरोना सङ्क्रमण रोक्न सीमामा कडाइ र मास्कलाई अनिवार्य गरिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले जानकारी दिए । उनले पर्सामा नो मास्क नो सर्भिस डेलिभरी अभियान अन्तरगत मास्क बिना सेवा प्रवाह बन्द अभियानलाई जिल्ला स्थिति सबै सरकारी, गैर सरकारी, बैङ्क तथा वित्तीय सङ्घ संस्थाले प्रभावकारी रुपमा लागु गर्ने निर्णय गरेको समेत प्रवक्ता पौडेलले बताए ।
भारतीय बजारमा नियमित किनमेल गर्न जाने र आउने नेपालीमा सङ्क्रमण पुष्टि भएको छ । वीरगञ्ज महानगरको सीमास्थित मुख्य नाका इनर्वामा रहेको हेल्थ डेस्कले दैनिक करिब चार सयजनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिरहेको छ । यही नाका भएर दैनिक दुई हजारभन्दा बढी मानिसहरू दैनिक नेपाल भित्रिरहेका छन् । सबैको चेकजाँच गर्ने हो भने सङ्क्रमितको सङ्ख्या निकै माथि पुग्ने अनुमान गरिएको छ ।
भारतीय नागरिकले नेपाल आउँदा अनिवार्य पीसीआर रिपोर्ट र खोप लगाएको प्रमाण लिएर आउनुपर्ने भनिएपनि त्यो कार्यान्वयनमा छैन ।